Opens in a new tab
२०८३ आश्विन १४, बुधबार
September 30, 2026
२०८३ आश्विन १४, बुधबार
September 30, 2026 Wednesday
- ADVERTISEMENT -
- ADVERTISEMENT -

मलेसियाको जेलमा नेपाली १४१ जना

प्रकाशित मिति : २०८१ आश्विन २ गते
ske

काठमाडौं / वैदेशिक रोजगारीका सिलसिलामा मलेसिया पुगेका १४१ जना नेपाली अहिले पनि विभिन्न मुद्दामा जेल जीवन बिताइरहेका छन् । केही कमाउने र परिवारलाई सुख दिने सपना बोकेर त्यहाँ पुगेका उनीहरू विभिन्न मुद्दामा जेल जीवन बिताइरहेका हुन् ।

मलेसियाको पेनाल कोर्टमा ४२ जना नेपाली रहेका छन् । बलात्कार, झैझगडालगायतका मुद्दा उनीहरूमाथि लागेको हो । १५ जनालाई ज्यान मार्ने उद्योगअन्तर्गतको मुद्दा लागेको छ भने ५७ जनालाई इमिग्रेसन कानुन उल्लंघन गरेको आरोप लागेको मलेसियास्थित नेपाली दूतावासका प्रथम सचिव तथा सूचना अधिकारी बलिरामप्रसाद धामीले जानकारी दिए ।

- ADVERTISEMENT -

Advertisement

अन्य २१ जना विभिन्न मुद्दामा जेल परेका छन् । यस्तै, ६ जनालाई आजीवन जेल अर्थात् जन्मकैदको फैसला भएर आएको प्रथम सचिव तथा सूचना अधिकारी धामीले राजधानीलाई बताए । आर्थिक वर्ष २०८०–८१ मा मलेसियाको जेलमा ४ सय ८१ नेपाली रहेकामा त्यो संख्या घटेर साउन अन्तिमसम्म आइपुग्दा १ सय ४१ मात्र रहेको सचिव धामीले बताए ।

साथीभाइसँगको कुलत र छिट्टै धनी बन्ने महत्वाकांक्षाका कारण नेपाली कामदार फस्ने गरेको उनले बताए । मलेसिया पुगेपछि आफ्नो भिसा लागेको कम्पनी छाडेर अन्यत्र जाने, अवैध बसाइ, व्यवहारजन्य समस्यालगायत कारण नेपाली जेल पर्ने गरेका छन् ।

मलेसियास्थित नेपाली दूतावासले गैरकानुनी नबन्न र कम्पनी छोडेर नभाग्न अनुरोध गर्दै आएको छ । गैरकानुनी रूपमा बसेकाले बिरामी परेमा अस्पतालले भर्ना लिन नमान्ने, सामाजिक सुरक्षा कोष (सोक्सो)ले सहयोग नगर्ने तथा इमिग्रेसनले पक्राउ गरेको अवस्थामा करिब तीन महिनासम्म कैद सजाय हुने र कैद भुक्तानपछि डिपोर्ट गर्ने गरेको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
153.28
153.88
European Euro
1
173.76
174.44
UK Pound Sterling
1
202.71
203.50
Swiss Franc
1
183.65
184.36
Australian Dollar
1
107.04
107.45
Canadian Dollar
1
107.94
108.37
Singapore Dollar
1
119.82
120.29
Japanese Yen
10
9.72
9.76
Chinese Yuan
1
22.86
22.95
Saudi Arabian Riyal
1
40.82
40.98
Qatari Riyal
1
42.05
42.22
Thai Baht
1
4.56
4.58
UAE Dirham
1
41.73
41.90
Malaysian Ringgit
1
37.56
37.71
South Korean Won
100
11.29
11.34
Swedish Kroner
1
15.32
15.38
Danish Kroner
1
23.24
23.34
Hong Kong Dollar
1
19.54
19.61
Kuwaity Dinar
1
498.15
500.10
Bahrain Dinar
1
406.58
408.17
Omani Rial
1
398.12
399.68