२०८३ बैशाख २५, शुक्रबार
May 8, 2026
२०८३ बैशाख २५, शुक्रबार
May 8, 2026 Friday
- ADVERTISEMENT -

बोष्टन कलेजमा असोजको दोस्रो साता पाचौं बोष्टन फिएष्टा हुने

प्रकाशित मिति : २०८१ आश्विन ६ गते

चितवन / भरतपुर वडा नं. १० मा रहेको बोस्टन इन्टरनेसनल कलेजले आगामी सेप्टेम्बर २७ र २८ असोज ११ र १२ का दिन ५औँ बोस्टन फिएस्टा कार्यक्रम गर्ने भएको छ । कलेजले अन्तरर्राष्ट्रिय विश्वविद्यालयका विद्यार्थी र बोष्टन कलेजका विद्यार्थीबीच ज्ञान आदान–प्रदान गर्न बोष्टन फिएष्टाको आयोजना गर्न लागेको शुक्रबार पत्रकार सम्मेलन मार्फत् जानकारी गराएको हो ।

सो अवसरमा कलेजका निर्देशक पुष्पराज अधिकारीले यस कार्यक्रमले विद्यार्थीहरूको क्षमता विकास र रचनात्मक क्षमता अभिवृद्धि गर्न मद्दत पुग्ने बताए । निर्देशक अधिकारीका अनुसार सेप्टेम्बर २७ मा प्यानल डिस्कसन हुनेछ । यस कार्यक्रममा दिगो विकास र आर्थिक वृद्धि विषयमा विभिन्न विशेषज्ञहरूले आफ्नो विचार प्रस्तुत गर्नेछन्, जसले सहभागीहरुलाई महत्वपूर्ण जानकारी प्रदान गर्नेछ । यस्तै सेप्टेम्बर २८ मा ब्यान्ड प्रतियोगिता हुनेछ, जसको विजेताले २५ हजारको पुरस्कार प्राप्त गर्नेछ ।

- ADVERTISEMENT -

Advertisement

कार्यक्रममा चर्चित रकहेड्स ब्यान्डले आफ्नो प्रस्तुति दिने र दर्शकहरूलाई एक अद्भुत संगीत अनुभव प्रदान गर्ने अधिकारीले जानकारी दिए । यस वर्षको बोस्टन फिएस्टामा डा डिवाई पाटिल बिजनेस स्कुलका विद्यार्थी र प्राध्यापकहरूको पनि सक्रिय सहभागिता रहनेछ ।

त्यस्तै, जान्सन्स स्कूल अफ बिजनेसका विद्यार्थीहरू पनि यस कार्यक्रममा भाग लिनेछन्, जसले कार्यक्रमलाई अन्तर्राष्ट्रियस्तरमा थप समृद्ध बनाउनेछ । बोस्टन इन्टरनेसनल कलेजका विद्यार्थीहरूले सधैँ नयाँ रचनात्मक कार्यक्रमहरूको आयोजना गर्दै आएका छन्, र यस वर्ष पनि ५० भन्दा बढी प्रायोजकहरूको सहयोगले कार्यक्रमलाई समृद्ध बनाउन जुटिरहेका छन् ।

यस कार्यक्रमका प्रमुख प्रायोजकहरूमा हिरो डिलर युरो मोटर्स टाइटल स्पोन्सर र पर्ल चामल रुङ्ता समूह को–टाइटल स्पोन्सर रहेका छन् । यी प्रायोजकहरूको समर्थनले कार्यक्रमको सफलतामा योगदान पु¥याउने अपेक्षा छ । ब्मखभचतष्कझभलत कलेजले पोखरा विश्वविद्यालयअन्तर्गत बिबिए, बिबिए फाइनान्स, बिएससी आइटी, बिएचएम र एमबिए जस्ता कार्यक्रमहरू सञ्चालन गर्दै आएको छ, र यहाँका विद्यार्थीहरूले हरेक वर्ष वार्षिक परीक्षामा स्वर्ण पदकसहित उत्कृष्ट नतिजा ल्याउँदैछन् ।

कार्यक्रम प्रबन्धक श्रद्धा बिष्टले विद्यार्थीहरूको प्रतिभा र रचनात्मकता प्रकट गर्ने यो एक अवसर भएको बताइन् । बोस्टन इन्टरनेसनल कलेजले विद्यार्थीहरूको उज्ज्वल भविष्यको लागि सधैं नयाँ अवसरहरू प्रदान गर्दै आएको छ भने कार्यक्रममा सहभागिताका लागि उनले सबैलाई आग्रह समेत गरिन् ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Bostan Ads
Bostan Ads
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
150.51
151.11
European Euro
1
177.07
177.77
UK Pound Sterling
1
204.87
205.68
Swiss Franc
1
193.46
194.23
Australian Dollar
1
109.21
109.65
Canadian Dollar
1
110.45
110.89
Singapore Dollar
1
118.90
119.37
Japanese Yen
10
9.63
9.66
Chinese Yuan
1
22.13
22.22
Saudi Arabian Riyal
1
40.13
40.29
Qatari Riyal
1
41.29
41.46
Thai Baht
1
4.68
4.70
UAE Dirham
1
40.98
41.14
Malaysian Ringgit
1
38.49
38.65
South Korean Won
100
10.37
10.42
Swedish Kroner
1
16.36
16.42
Danish Kroner
1
23.69
23.79
Hong Kong Dollar
1
19.22
19.30
Kuwaity Dinar
1
491.54
493.50
Bahrain Dinar
1
398.91
400.50
Omani Rial
1
390.90
392.46