२०८३ बैशाख १९, शनिबार
May 2, 2026
२०८३ बैशाख १९, शनिबार
May 2, 2026 Saturday
- ADVERTISEMENT -

रास्वपाका रविविरुद्ध तीनवटा मुद्दा चलाउने तयारी गरिँदै

प्रकाशित मिति : २०८१ आश्विन ६ गते
File photo.

काठमाडौं / राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेविरुद्ध तीनवटा गम्भीर कसुरमा मुद्दा चलाउने तयारी भइरहेको छ । जिल्ला प्रहरी कार्यालय कास्कीले सहकारी ठगी, संगठित अपराध, र सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दा अघि बढाउने प्रक्रिया थालिसकेको हो ।

प्रहरी प्रधान कार्यालय स्रोतका अनुसार सहकारी छानविन समितिको प्रतिवेदन प्राप्त भएपछि प्रहरीले जिल्ला स्तरमा मुद्दा दर्ता गर्नेछ । गृहमन्त्रीको पदबाट बाहिरिएपछि लामिछानेमाथि अनुसन्धान प्रक्रिया तिव्र भएको हो ।

- ADVERTISEMENT -

Advertisement

यसअघि, लामिछाने गृहमन्त्री बनेपछि मुद्दाको अनुसन्धानमा ढिलाइ भएको थियो । संसद्को समितिबाट प्रतिवेदन आएको केही समयपछि छानविन कार्यलाई पुनः गति दिइएको हो ।

कास्कीका प्रहरी अधिकारीहरूले मुद्दा दर्ता गर्न प्रतिवेदन तयार पार्न केही दिन लाग्ने बताउँदै आएका छन् । सम्पत्ति शुद्धीकरण विभागमा समेत मुद्दा दर्ता गर्नुपर्ने प्रक्रिया अघि बढाइएको छ । सहकारी ठगी प्रकरणमा अन्य सञ्चालक र पूर्वसञ्चालकहरूलाई पहिले नै कानुनी दायरामा ल्याइएको थियो तर, रवि लामिछानेको गृहमन्त्री पदका कारण उनीमाथिको अनुसन्धान लामो समयसम्म स्थगित भएको थियो । सहकारी छानविन समितिले पूर्वगृहमन्त्री रवि लामिछानेसँगै पूर्वडिआइजी छविलाल जोशी, कुमार रम्तेल, र जिबी राईलाई पनि कानुनी प्रक्रियामा ल्याउन सिफारिस गरेको छ ।

छानविन समितिको निष्कर्ष अनुसार यिनीहरूलाई सहकारीका बचतकर्ताहरूको रकम अपचलन गरेको आरोप लागेको छ । समितिले आफ्नो प्रतिवेदन संसदमा बुझाइसकेपछि सभामुखले प्रतिवेदन सरकारलाई कार्यान्वयनका लागि पठाउन निर्देशन दिएका छन् । मन्त्रिपरिषद्को बैठकले पनि प्रतिवेदनलाई गृह मन्त्रालयमा पठाएर तत्काल कार्यान्वयन गर्ने निर्णय गरेको छ । गृह मन्त्रालयले प्रतिवेदन प्रहरी प्रधान कार्यालयलाई पठाएको छ । अब आवश्यकतानुसार यो प्रतिवेदन सम्बन्धित प्रहरी कार्यालयहरूमा पठाइनेछ, जहाँ मुद्दा दर्ता प्रक्रिया अघि बढाइनेछ ।

जिबी राईले सहकारीका बचतकर्ताको रकम रविसमेत सञ्चालक रहेको गोर्खा मिडिया नेटवर्कमा लगेको र रवि लामिछाने समेतले उक्त रकम अपचलन गरेको समितिको निष्कर्ष छ । समितिले रवि लामिछानेले आफैँ चेक काटेर के कति रकम कहाँकहाँ खर्च गरे भन्ने पनि प्रतिवेदनमै उल्लेख गरेको छ । -मकालुखबरबाट ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Bostan Ads
Bostan Ads
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
151.56
152.16
European Euro
1
178.16
178.86
UK Pound Sterling
1
206.39
207.21
Swiss Franc
1
194.28
195.05
Australian Dollar
1
109.09
109.52
Canadian Dollar
1
111.74
112.18
Singapore Dollar
1
119.09
119.57
Japanese Yen
10
9.68
9.72
Chinese Yuan
1
22.20
22.28
Saudi Arabian Riyal
1
40.41
40.57
Qatari Riyal
1
41.59
41.76
Thai Baht
1
4.66
4.67
UAE Dirham
1
41.26
41.43
Malaysian Ringgit
1
38.18
38.33
South Korean Won
100
10.29
10.33
Swedish Kroner
1
16.42
16.48
Danish Kroner
1
23.84
23.94
Hong Kong Dollar
1
19.34
19.42
Kuwaity Dinar
1
494.08
496.04
Bahrain Dinar
1
401.35
402.94
Omani Rial
1
393.64
395.20