काठमाडौं / अविरल वर्षाका कारण आएको बाढी–पहिरो र डुबानलगायतको विपद्को घटनामा परी आज (आइतबार) बिहानसम्म सय (१००) जनाको मृत्यु भएको छ ।
गृह मन्त्रालयका प्रवक्ता ऋषिराम तिवारीले दिएको जानकारी अनुसार, मृत्यु हुनेमा ललितपुरमा १८, धादिङमा १५, काठमाडौंमा २५, काभ्रे १०, मकवानपुरमा ७, सिन्धुपाल्चोकमा ६ जना, सोलुखुम्बु, पाँचथर र भक्तपुरमा ५–५ जनाको विपद्को घटनामा परी मृत्यु भएको हो ।
- ADVERTISEMENT -

यस्तै, दोलखामा ३ जना, सिन्धुलीमा २, धनकुटा २, महोत्तरी २, रामेछाप एक, झापा एक, उदयपुर एक, इलाम एक, सप्तरी एक र नुवाकोटमा एक जनाको विपद्को परेर मृत्यु भएको जनाइएको छ ।
विपद्को घटनामा परेर हालसम्म ६७ जना बेपत्ता भएका छन् भने १०१ जना घाइते भएका छन् । बेपत्ताहरुको खोजीकार्य र उद्धारका लागि ९ हजार ९८३ सुरक्षाकर्मी परिचालन गरिएको पनि गृह मन्त्रालयले जनाएको छ ।
हालसम्म तीन हजार ३९ जनाको उद्धार गरिएको छ ।










































