March 15, 2025
- ADVERTISEMENT -

मोटरसाइकल दुर्घटनामा चालक गम्भिर घाइते

October 15, 2024

चितवन / नारायणगढ–मुग्लिन सडकको खहरे खोलामा मोटरसाइकल अनियन्त्रित भई पल्टिँदा चालक गम्भिर घाइते भएका छन् ।

नारायणगढबाट मुग्लिनतर्फ जाँदै गरेको ना ६२ प ७७६७ नम्बरको मोटरसाइकल आफै अनियन्त्रित भई सोमवार दिउँसो पल्टिएको हो ।

मोटरसाइकल पल्टिँदा चालक राप्ती नगरपालिका–८ भण्डारा बस्ने ४३ वर्षीय बटारी स्याङजाली मगरको टाउकोमा चोट लागेर गम्भिर घाइते भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

घाइतेको चितवन मेडिकल कलेजमा उपचार भइरहेको बताइएको छ ।

- ADVERTISEMENT -