२०८३ बैशाख २५, शुक्रबार
May 8, 2026
२०८३ बैशाख २५, शुक्रबार
May 8, 2026 Friday
- ADVERTISEMENT -

नेपालकै सबैभन्दा अग्लो पुल मकवानपुरमा बन्दै

प्रकाशित मिति : २०८१ कार्तिक १२ गते
sketch

मकवानपुर / नेपालकै सर्वाधिक महत्वपूर्ण पूर्वाधार परियोजनाको रुपमा हेरिएको काठमाडौं–तराई–मधेश द्रुतमार्ग (फास्ट ट्रयाक) अन्तरगत मकवानपुरको लेन डाँडास्थित हाल ब्रिज (पुल) निर्माणाधिन अवस्थामा छ ।

मकवानपुरको मकवानपुगढी गाउँपालिका र बकैया गाउँपालिकामा पर्ने उक्त स्थानमा २७० मिटर लामो र नेपालकै सबैभन्दा अग्लो पुल बन्दै गरेको लेन डांडा बेस क्याम्पका कार्यालय प्रमुख सेनानी निरोज गौतमले जानकारी दिए ।

- ADVERTISEMENT -

Advertisement

प्रमुख सेनानी गौतमले केही दिनअघि नेपाली सेनाले आयोजनाको गरेको रक्षा संवाददाता तालिम अन्तरगत अवलोकनमा पुगेका सञ्चारकर्मीसँग कुराकानी गर्दै यस्तो जानकारी गराएका हुन् ।

जितपुल खोलामा निर्माण भइरहेको उक्त पुल सम्पन्न हुँदा करिब ७२ मिटर अग्लो हुने प्रमुख सेनानी गैतामले बताए । सो पुल प्रि क्यान्टिलिभर मेथडबाट निर्माण गरिरहेको उनले बताए । उनले भने, ‘उक्त पुल अहिलेसम्मकै सबैभन्दा अग्लो र लामो भएको कारण तलबाट फर्मा लगाउन सम्भव नभएको र लङचिङ गर्न पनि अप्ठ्यारो हुने भएकोले प्रि क्यान्टिलिभर मेथरबाट निर्माण गरिरहेका छौं । यो मेथड कम मात्रामा प्रयोगमा आएको नयाँ टेक्नोलोजी हो ।’

उनका अनुसार, द्रुतमार्गको प्याकेज नं. ३ अन्तर्गत पर्ने सुरुङ मार्ग (टनेल) को काठमाडौंबाट निजगढतर्फ जाने १ हजार ६३३ मिटर र निजगढबाट काठमाडौंतर्फ आउने १ हजार ६१२ मिटर लामो सुरुङ मार्ग क्रमशः असार र जेठमा छिचोलिसकेको थियो । ती टनेलको सेकेण्डरी कामहरु भइरहेको छ ।

राष्ट्रिय गौरबको आयोजनामा रहेको उक्त द्रुतमार्गको काम नेपाली सेनाको व्यवस्थापनामा भइरहेको हो । ७१ दशमलव ५ किलोटिर लामो यस मार्गमा ८९ वटा ठूला पुलहरु र ६ वटा सुरुङहरुको निर्माण गर्ने योजना छ ।

तीमध्ये हाल ३ वटा सुरुङ र ५ वटा पुलको निर्माणकार्य सम्पन्न भइसकेको छ भने अन्यको निर्माण कार्य भइरहेको छ । द्रुतमार्गको भौतिक प्रगति (काम) चालु आर्थिक वर्ष २०८१–०८२ को त्रैमासिक अर्थात् असोज मसान्तसम्म ३६ दशमलव ४२ प्रतिशत मात्रै भएको छ ।

द्रुतमार्ग सडक आयोजनाको मोबिलाइजेसनसहित वित्तीय प्रगति भने ३८ दशमलव ५५ प्रतिशत छ । यो सात वर्षको अवधिमा भएको नेपाली सेनाले सार्वजनिक गरेको प्रगति प्रतिवेदनमा उल्लेख छ ।

द्रुतमार्ग अन्तरगत ६ वटा सुरुङ्ग मार्गको कुल लम्बाइ १० दशमलव ३०९ किलोमिटर रहेको छ । नेपाल सरकारले फास्ट ट्रयाक निर्माणको व्यवस्थाको चुनौतिपूर्ण कार्य वि.सं २०७४ साल बैशाख ४ गतेबाट नेपाली सेनालाई सुम्पिएको थियो ।

नेपाल सरकारबाट निर्माण व्यवस्थाको जिम्मेवारी पाए लगतै नेपाली सेनाले वि.सं. २०७४ जेठ १४ गतेबाट निर्माणकार्य सुरु गरेको थियो । उक्त निर्माण कार्य तत्कालिन प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) ले बारा जिल्लाको निजगढमा शिलान्यास गरेका थिए ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Bostan Ads
Bostan Ads
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
150.51
151.11
European Euro
1
177.07
177.77
UK Pound Sterling
1
204.87
205.68
Swiss Franc
1
193.46
194.23
Australian Dollar
1
109.21
109.65
Canadian Dollar
1
110.45
110.89
Singapore Dollar
1
118.90
119.37
Japanese Yen
10
9.63
9.66
Chinese Yuan
1
22.13
22.22
Saudi Arabian Riyal
1
40.13
40.29
Qatari Riyal
1
41.29
41.46
Thai Baht
1
4.68
4.70
UAE Dirham
1
40.98
41.14
Malaysian Ringgit
1
38.49
38.65
South Korean Won
100
10.37
10.42
Swedish Kroner
1
16.36
16.42
Danish Kroner
1
23.69
23.79
Hong Kong Dollar
1
19.22
19.30
Kuwaity Dinar
1
491.54
493.50
Bahrain Dinar
1
398.91
400.50
Omani Rial
1
390.90
392.46