मकवानपुर / हेटौंडा उपमहानगरपालिका–५, भैरबरोडस्थित नेपाल विद्युत प्राधिकरण केन्द्रिय वर्कशपमा गए (बुधबार) राति आगलागी भएको छ ।
भैरबरोड हेटौंडाको पुरानो सामान राखेको स्थानमा अचानक आगलागी भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक एवम् प्रवक्ता स्यामु अर्यालले जानकारी दिए ।
- ADVERTISEMENT -

उक्त आगो नेपाल प्रहरी, हेटौंडा उपमहानगरपालिकाको नगर प्रहरी, विद्युत प्राधिकरणका कर्मचारी र हेटौंडा उपमहानगरपालिकाको २ वटा दमकलको सहयोगमा नियन्त्रणमा लिएको प्रहरी नायव उपरीक्षक अर्यालले बताए ।
प्रहरी नायव उपरीक्षक अर्यालले आगोलागीबाट भएको क्षतिको विवरण आउन बाँकी रहेको बताए ।










































