२०८३ बैशाख १८, शुक्रबार
May 1, 2026
२०८३ बैशाख १८, शुक्रबार
May 1, 2026 Friday
- ADVERTISEMENT -

बेलायतमा सोनाम ल्होछार मनाउने तयारी

विश्वभरी छरिएर बसेका तामाङहरुलाई एकताको सन्देश
प्रकाशित मिति : २०८१ मंसिर १७ गते

बेलायत / बेलायतमा रहेका तामाङ समुदायले २८६१ औं डुक ल्हो (सर्प वर्ष) सोनाम ल्होछार मनाउने भएको छ । त्यहाँस्थित ५ वटा तामाङ् संस्थाहरु तामाङ समाज युके, तामाङ घेदुङ युके, म्हेंदोमाया परिवार युके, ल्हा म्हेंदोमाया तामाङ समाज युके, रेप केन्ट ह्युल्ब युकेको संयुक्त आयोजनामा २८६१ औं डुक ल्हो (सर्प वर्ष) सोनाम ल्होछार मनाउन लागेको हो ।

बेलायतको अण्डरसटमा आइतबार बसेको पाँच वटा संस्थाको संयुक्त बैठकले जनवरी २५ अर्थात माघ १२ गते ल्होछार मनाउने निर्णय गरेको हो ।

- ADVERTISEMENT -

Advertisement

बेलायतको ह्यारो लेसुर सेन्टरमा भब्य कार्यक्रम गर्ने निर्णय भएको तामाङ समाज युकेका अध्यक्ष कुमार स्याङ्तन तामाङले जानकारी दिए । विश्वभरी छरिएर बसेको तामाङहरु माझ एकताको सन्देश दिनलाई यो संयुक्त कार्यक्रमको सन्देश दिने खोजिएको अध्यक्ष तामाङको भनाइ छ ।

यो पर्व हिमाली क्षेत्रमा बसोबास गर्ने तामाङ, ह्योल्मो तथा अन्य मुख्य जातिहरूको साझा साँस्कृतिक पर्व हो । यो चाड पुरानो वर्षको बाह्रौ महिनाको पहिलो दिन अनौपचारिक रूपमा मनाइन्छ ।

सोनाम लोसार किसानहरूले बालिनाली उठाएपछि मनाइने चाड हो ।औपचारिक रूपमा मनाइने सोनाम लोसार नयाँ वर्षको आरम्भको रूपमा मनाउने पर्व हो । ल्होसार मनाउने समुदायले ुल्होु अर्थात वर्ष बाह्रवटा भएको विश्वास गर्छन् ।

बाह्र वर्षको नाम पशुपंछी र जीवजन्तुका नामबाट राखिएको हुन्छ । जस्तैः मुसा, गाई, बाघ, बिरालो, गरुड, सर्प, घोडा, भेडा, बाँदर, चरा, कुकुर, सुँगुर वर्ष । यी बाह्र वर्गलाई यो समुदायले बाह्र राशिको रूपमा पनि लिने गरेको पाइन्छ । बाह्र वर्ष समाप्त भए पछि फेरि उही नाम दोहोर्‍याएर वर्ष गनिन्छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Bostan Ads
Bostan Ads
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
151.56
152.16
European Euro
1
177.58
178.28
UK Pound Sterling
1
205.10
205.91
Swiss Franc
1
193.06
193.82
Australian Dollar
1
108.60
109.03
Canadian Dollar
1
110.96
111.40
Singapore Dollar
1
118.86
119.33
Japanese Yen
10
9.68
9.72
Chinese Yuan
1
22.20
22.29
Saudi Arabian Riyal
1
40.41
40.57
Qatari Riyal
1
41.58
41.74
Thai Baht
1
4.66
4.68
UAE Dirham
1
41.26
41.43
Malaysian Ringgit
1
38.18
38.33
South Korean Won
100
10.29
10.33
Swedish Kroner
1
16.41
16.47
Danish Kroner
1
23.77
23.86
Hong Kong Dollar
1
19.35
19.43
Kuwaity Dinar
1
494.08
496.04
Bahrain Dinar
1
401.32
402.91
Omani Rial
1
393.64
395.20