काठमाडौं / नेकपा माओवादी केन्द्रले स्थायी कमिटी बैठक आह्वान गरेको छ । बैठक यही मंसिर २७ गते बस्ने गरी बोलाइएको हो ।
माओवादीका स्थायी कमिटीका उपाध्यक्ष अग्नि सापकोटाका अनुसार बिहीबार बसेको पदाधिकारी बैठकले मंसिर २७ गते स्थायी समिति बैठक बोलाइएको हो ।
साथै पदाधिकारी बैठकले यही मंसिर २३ र २४ गते हुने भनिएको अनेरास्ववियु क्रान्तिकारीको २३ औँ राष्ट्रिय सम्मेलन स्थगित गर्ने निर्णय गरेको उनले बताए ।