काठमाडौं / शैक्षिक सत्र २०८१ सालको माध्यमिक शिक्षा परीक्षा (एसइई) मा समावेश हुनका लागि परीक्षा आवेदन फारम खुला गरिएको छ ।
परीक्षा नियन्त्रण कार्यालयले आज (शुक्रबार) एक सूचना जारी गर्दै शैक्षिक सत्र २०८१ मा कक्षा १० मा नियमित रूपमा अध्ययनरत विद्यार्थीहरूले (माध्यमिक तहको खुला तथा वैकल्पिक विद्यालय, अनौपचारिक प्रौढ विद्यालय र प्राविधिक धार तर्फका विद्यालयमा अध्ययनरत विद्यार्थीहरू समेत) आवेदन फारम भर्न जानकारी गराएको हो ।
- ADVERTISEMENT -

सो कार्यालयले पौष १२ देखि माघ १२ गते भित्र प्रति परीक्षार्थी परीक्षा दस्तुर रु पाँच सयसहित आवेदन फाराम भराउन भनिएको हो ।
सम्बन्धित शिक्षा विकास निर्देशनालयहरूले उल्लेखित सूचना बमोजिम विद्यार्थीहरूको परीक्षा आवेदन फाराम भराउने तथा परीक्षा केन्द्र कायम गर्ने लगायतका कार्यहरूमा सम्बन्धित प्रदेश अन्तरगतका शिक्षा विकास तथा समन्वय इकाईहरूलाई सहजीकरण गर्ने व्यवस्था मिलाउन पनि अनुरोध गरिएको छ ।










































