Opens in a new tab
२०८३ आश्विन १३, मंगलवार
September 29, 2026
२०८३ आश्विन १३, मंगलवार
September 29, 2026 Tuesday
- ADVERTISEMENT -
- ADVERTISEMENT -

‘१५औं चितवन महोत्सव’ को तयारी तीव्र

पर्यटन प्रवर्धनमा जोड, पाँच दिन बढाइयो
प्रकाशित मिति : २०८१ पुष १८ गते

चितवन / नारायणी नदी किनारमा जिल्लाकै ठूलो महोत्सवको रुपमा मानिएको ‘चितवन महोत्सव’ यही पुस २५ देखि माघ १० गतेसम्म सञ्चालन हुने भएको छ । उद्योग वाणिज्य संघ चितवनको सभाहलमा १५औँ चितवन महोत्सव हुन गइरहेको बिहीबार पत्रकार सम्मेलन मार्फत जानकारी गराइएको हो ।

उद्योग वाणिज्य संघ चितवनका अध्यक्ष सुमनकुमार श्रेष्ठका अनुसार विगतका महोत्सवबाट प्राप्त अनुभव, प्रदर्शक र अवलोकनकर्ताहरुको अनुरोधलाई मध्यनजर गरी ५ दिन थप गरिएको हो । हरेक दुई वर्षमा हुने महोत्सव यसअघि १० दिनमात्र सञ्चालन ल्याइएको थियो ।

- ADVERTISEMENT -

Advertisement

पत्रकार सम्मेलन बोल्दै अध्यक्ष श्रेष्ठले महोत्सवको तयारी तीव्र गतिमा भएको र यो पटक पर्यटन प्रवर्धनमा जोड दिइएको बताए । चितवन जिल्लालाई विविधता र समृद्धि भूमिको रुपमा विकास गर्ने महोत्सवको लक्ष्य रहेको उनको भनाइ छ ।

उनले चितवनको पर्यटकीय स्थलहरुसम्म जान र आउनको लागि सफारीको व्यवस्था, होमस्टेमा बसोबासको प्रबन्ध र पर्यटकीय स्थलहरुको वृत्तचित्र प्रस्तुतिलगायत कार्यक्रम अगाडि सारेको बताए ।

करिब ५ लाख दर्शकले अवलोकन गर्ने अपेक्षा गरिएको महोत्सवमा सात वटा विशेष स्टल रहने छन् । यस्तैगरी कृषि परिसर, अटो परिसर, निर्माण सामग्री व्यवसायीहरुसँगको सहकार्यमा निर्माण एक्स्पो, रेस्टुरेन्ट परिसरसहित ४ सय ३० वटा स्टल रहने आयोजकले जनाएको छ । महोत्सवमा ३० करोड रुपैयाँभन्दा बढीको आर्थिक कारोबार हुने अनुमान छ ।

महोत्सवको मूल संयोजक समेत रहेका श्रेष्ठले यसपटक महंगीलाई मध्यनजर गर्दै प्रवेश शुल्क सर्वसाधारणलाई सय रुपैयाँ र विद्यार्थीहरुलाई सहुलियत दर ५० रुपैयाँ कायम गरिएको जानकारी दिए ।

उद्योग वाणिज्य संघ चितवनले आयोजना गरेको महोत्सवको मुख्य प्रवद्र्धकमा भरतपुर महानगरपालिका र जिल्ला समन्वय समिति चितवन रहेका छन् । प्रवद्र्धकमा नेपाल उद्योग वाणिज्य महासंघ, कृषि विकास बैंक लि. र नेपाल पर्यटन बोर्ड छन् । मुख्य प्रायोजकमा ग्लोबल आइएमई बैंक र सहप्रायोजकमा ग्रिन मोटर्स प्रालि छन् ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
153.01
153.61
European Euro
1
174.30
174.98
UK Pound Sterling
1
202.78
203.58
Swiss Franc
1
184.68
185.41
Australian Dollar
1
107.47
107.89
Canadian Dollar
1
108.18
108.61
Singapore Dollar
1
119.76
120.23
Japanese Yen
10
9.73
9.77
Chinese Yuan
1
22.79
22.88
Saudi Arabian Riyal
1
40.75
40.91
Qatari Riyal
1
42.01
42.18
Thai Baht
1
4.58
4.60
UAE Dirham
1
41.66
41.82
Malaysian Ringgit
1
37.56
37.70
South Korean Won
100
11.30
11.34
Swedish Kroner
1
15.43
15.49
Danish Kroner
1
23.31
23.41
Hong Kong Dollar
1
19.51
19.58
Kuwaity Dinar
1
497.27
499.22
Bahrain Dinar
1
405.89
407.48
Omani Rial
1
397.42
398.98