February 8, 2025
- ADVERTISEMENT -
- ADVERTISEMENT -

‘१५औं चितवन महोत्सव’ को तयारी तीव्र

पर्यटन प्रवर्धनमा जोड, पाँच दिन बढाइयो
January 2, 2025

चितवन / नारायणी नदी किनारमा जिल्लाकै ठूलो महोत्सवको रुपमा मानिएको ‘चितवन महोत्सव’ यही पुस २५ देखि माघ १० गतेसम्म सञ्चालन हुने भएको छ । उद्योग वाणिज्य संघ चितवनको सभाहलमा १५औँ चितवन महोत्सव हुन गइरहेको बिहीबार पत्रकार सम्मेलन मार्फत जानकारी गराइएको हो ।

उद्योग वाणिज्य संघ चितवनका अध्यक्ष सुमनकुमार श्रेष्ठका अनुसार विगतका महोत्सवबाट प्राप्त अनुभव, प्रदर्शक र अवलोकनकर्ताहरुको अनुरोधलाई मध्यनजर गरी ५ दिन थप गरिएको हो । हरेक दुई वर्षमा हुने महोत्सव यसअघि १० दिनमात्र सञ्चालन ल्याइएको थियो ।

पत्रकार सम्मेलन बोल्दै अध्यक्ष श्रेष्ठले महोत्सवको तयारी तीव्र गतिमा भएको र यो पटक पर्यटन प्रवर्धनमा जोड दिइएको बताए । चितवन जिल्लालाई विविधता र समृद्धि भूमिको रुपमा विकास गर्ने महोत्सवको लक्ष्य रहेको उनको भनाइ छ ।

उनले चितवनको पर्यटकीय स्थलहरुसम्म जान र आउनको लागि सफारीको व्यवस्था, होमस्टेमा बसोबासको प्रबन्ध र पर्यटकीय स्थलहरुको वृत्तचित्र प्रस्तुतिलगायत कार्यक्रम अगाडि सारेको बताए ।

करिब ५ लाख दर्शकले अवलोकन गर्ने अपेक्षा गरिएको महोत्सवमा सात वटा विशेष स्टल रहने छन् । यस्तैगरी कृषि परिसर, अटो परिसर, निर्माण सामग्री व्यवसायीहरुसँगको सहकार्यमा निर्माण एक्स्पो, रेस्टुरेन्ट परिसरसहित ४ सय ३० वटा स्टल रहने आयोजकले जनाएको छ । महोत्सवमा ३० करोड रुपैयाँभन्दा बढीको आर्थिक कारोबार हुने अनुमान छ ।

महोत्सवको मूल संयोजक समेत रहेका श्रेष्ठले यसपटक महंगीलाई मध्यनजर गर्दै प्रवेश शुल्क सर्वसाधारणलाई सय रुपैयाँ र विद्यार्थीहरुलाई सहुलियत दर ५० रुपैयाँ कायम गरिएको जानकारी दिए ।

उद्योग वाणिज्य संघ चितवनले आयोजना गरेको महोत्सवको मुख्य प्रवद्र्धकमा भरतपुर महानगरपालिका र जिल्ला समन्वय समिति चितवन रहेका छन् । प्रवद्र्धकमा नेपाल उद्योग वाणिज्य महासंघ, कृषि विकास बैंक लि. र नेपाल पर्यटन बोर्ड छन् । मुख्य प्रायोजकमा ग्लोबल आइएमई बैंक र सहप्रायोजकमा ग्रिन मोटर्स प्रालि छन् ।

- ADVERTISEMENT -