Opens in a new tab
२०८३ आश्विन २२, बिहीबार
October 8, 2026
२०८३ आश्विन २२, बिहीबार
October 8, 2026 Thursday
- ADVERTISEMENT -
- ADVERTISEMENT -

नारायणी पुलमुनि राइनो क्रुज, बिहानैदेखि निकाल्ने तयारी जारी

प्रकाशित मिति : २०८३ आश्विन १२ गते

चितवन / नारायणी नदीमा आएको बाढीले बगाएर पुलको पिल्लरमा अड्किएको राइनो क्रुज सिप निकाल्ने काम आज (सोमबार) बिहानदेखि पुनः सुरु गरिएको छ । प्राविधिक टोलीले पुलमा कमभन्दा कम क्षति हुने गरी क्रुज सिप हटाउने तयारी गरेको हो ।

चितवनका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालका अनुसार बिहान १० बजेसम्म क्रुज सिप सुरक्षित रूपमा निकाल्ने लक्ष्यसहित काम भइरहेको छ ।

- ADVERTISEMENT -

Advertisement

‘‘प्राविधिकहरूसँग सल्लाह गरेर सबै तयारी गरेका छौं ।’ अर्यालले भने, ‘पुलको पिल्लरलाई कमभन्दा कम क्षति हुने गरी निकाल्ने तयारी भइरहेको छ ।’

क्रुज सिप निकाल्न क्रेन प्रयोग गर्ने तयारी गरिएको छ । क्रेनलाई घटनास्थलसम्म पुर्‍याउन हिजो (आइतबार) रातिसम्म दुईवटा एक्स्काभेटर प्रयोग गरेर बाटोसमेत बनाइएको थियो ।

- ADVERTISEMENT -

Advertisement

घटनास्थलमा प्रमुख जिल्ला अधिकारी, सडक डिभिजन कार्यालय भरतपुरका प्रमुख तथा इन्जिनियरहरूको टोली खटिएको छ ।

पुलमा लाइट सवारीलाई आवागमन खुला
राइनो क्रुज पुलको पिल्लरमा अड्किएपछि नारायणी पुलबाट सवारी आवागमन रोकिएको थियो । तर प्राविधिक टोलीको सुझावपछि आज बिहानदेखि अत्यधिक भार बोकेका सवारीसाधनबाहेक अन्य सवारीलाई आवागमन गर्न दिइएको छ ।

भारी सवारीसाधनलाई भने पुलमा दोहोरो रूपमा सञ्चालन नगर्ने गरी नियन्त्रित आवागमनको व्यवस्था गरिएको छ ।

यसअघि पूर्वी नवलपरासीको गैँडाकोट क्षेत्रमा रुखमा बाँधेर राखिएको राइनो क्रुज नारायणी नदीमा आएको बाढीले बगाएको थियो । बाढीले बगाएको क्रुज पुलको पिल्लरमा अड्किएपछि पुलमा यातायात प्रभावित भएको थियो ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
153.98
154.58
European Euro
1
173.17
173.84
UK Pound Sterling
1
203.95
204.75
Swiss Franc
1
185.24
185.96
Australian Dollar
1
107.32
107.74
Canadian Dollar
1
107.91
108.33
Singapore Dollar
1
120.44
120.91
Japanese Yen
10
9.73
9.77
Chinese Yuan
1
22.97
23.06
Saudi Arabian Riyal
1
41.02
41.18
Qatari Riyal
1
42.24
42.41
Thai Baht
1
4.58
4.60
UAE Dirham
1
41.93
42.09
Malaysian Ringgit
1
37.69
37.84
South Korean Won
100
11.50
11.55
Swedish Kroner
1
15.39
15.45
Danish Kroner
1
23.17
23.26
Hong Kong Dollar
1
19.62
19.70
Kuwaity Dinar
1
499.69
501.64
Bahrain Dinar
1
408.41
410.00
Omani Rial
1
399.95
401.51