चितवन । भरतपुरमा हुन्डाईको चर्चित कम्प्याक्ट एसयूभी ‘All-New Venue’ शुभारम्भ गरिएको छ । हुन्डाईले नयाँ पुस्ताको Venue नेपाली बजारमा औपचारिक रूपमा बिक्री तथा ग्राहकलाई प्रत्यक्ष अनुभवको अवसर दिएको बिहीबार पत्रकार सम्मेलन मार्फत जानकारी दिइएको हो ।
पत्रकार सम्मेलनमा हुन्डाई शोरुम पिनाकलका सञ्चालक सुरेश श्रेष्ठले नयाँ Venue मा आकर्षक तथा बोल्ड डिजाइनसँगै आधुनिक प्रविधि, आरामदायी सुविधा र उत्कृष्ट पर्फमेन्सलाई प्राथमिकता दिइएको बताए । गाडीमा Twin Horn LED DRLs, Horizon LED Rear Combination Lamps, Dark Chrome Grille तथा Signature C-Pillar Garnish जस्ता डिजाइन विशेषता रहेका छन् ।
- ADVERTISEMENT -

त्यस्तै, गाडीको केबिनमा १०.२५ इन्चको cCNC Infotainment System, Wireless Apple CarPlay तथा Android Auto, Digital Cluster र Powered Tilt-and-Slide Sunroof लगायतका सुविधा उपलब्ध छन् ।
पर्फमेन्सका लागि All-New Venue मा Kappa 1.2-litre MPi Petrol र Kappa 1.0-litre Turbo GDi Petrol इन्जिन विकल्प दिइएको उनले बताए । उनका अनुसार यी इन्जिनले दैनिक यात्रादेखि थप प्रतिक्रियाशील टर्बो पर्फमेन्ससम्मको विकल्प प्रदान गर्छन् ।
सुरक्षातर्फ पनि गाडीमा विभिन्न आधुनिक सुविधा समावेश गरिएको छ । Venue मा ६ वटा एयरब्याग, ABS with EBD, Electronic Stability Control (ESC), Vehicle Stability Management (VSM) र Hill-start Assist Control (HAC) उपलब्ध छन् ।
४८ लाख ९६ हजारबाट मूल्य सुरु
नेपाली बजारमा All-New Venue को सुरुवाती मूल्य ४८ लाख ९६ हजार रुपैयाँ तोकिएको छ भने गाडी मुख्यतः तीन भेरियन्टमा उपलब्ध रहेको छ ।
भरतपुरस्थित हुन्डाई सोरुममा All-New Venue उपलब्ध भइसकेको सञ्चालक सुरेश श्रेष्ठले जानकारी दिए । ग्राहकले शोरुममै आएर आकर्षक डिजाइन, आधुनकि प्रविधि, आरामदायी इन्टेरियर र उत्कृष्ट पर्फमेन्सलाई नजिकबाट अनुभव साथै जप जानकारी लिन सकिने उनको भनाइ थियो । [with video link]


















































