२०८३ बैशाख ९, बुधबार
April 22, 2026
२०८३ बैशाख ९, बुधबार
April 22, 2026 Wednesday
- ADVERTISEMENT -

क्याम्पसको लापरबाहीले विद्यार्थीको नतिजा प्रकाशनमा समस्या

प्रकाशित मिति : २०८१ पुष २१ गते

नवलपुर / नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को गैँडाकोटमा रहेको सिद्धान्त क्याम्पसका विद्यार्थीको नतिजा क्याम्पसको लापरबाहीका कारण रोकिएको छ । कृषि तथा वन विज्ञान विश्वविद्यालय रापुरबाट सम्बन्धन लिएर सञ्चालनमा आएको क्याम्पसका स्नातक आठौँ सत्रहान्त (सेमिस्टर)का विद्यार्थीको नतिजा रोकिएको हो ।

क्याम्पसको वन विज्ञान सङ्कायमा अध्ययनरत ४९ जना विद्यार्थीको नतिजा नआउँदा विद्यार्थीहरू समस्यामा परेका छन् । विद्यार्थी आशिष थपलियाले आठौँ सत्रहान्तको थेसिस (शोधपत्र)को रिजल्ट रोकिएको बताए । ‘हामीसँगै भर्ना भएका वन विज्ञानतर्फका हेटौँडा र कटारीका विद्यार्थीहरूको नतिजा पुस १६ गते आए पनि हाम्रो रोकिएको छ’, उनले भने, ‘यस विषयमा क्याम्पस प्रमुखसँग कुराकानी गर्न खोज्दा क्याम्पस प्रमुखसँग सम्पर्क भएको छैन ।’ क्याम्पसको लापरबाही र ढिलासुस्तीले आफूहरूको रिजल्ट रोकिएको भन्दै यसले लोकसेवा लड्न तथा वैदेशिक अध्ययनमा जान समेत असर पुगेको थपलियाले उल्लेख गरे ।

- ADVERTISEMENT -

Advertisement

विद्यार्थीको नतिजा प्रकाशन रोकिएको विषयमा सिद्धान्त क्याम्पसका प्रमुख एवम् प्रबन्ध निर्देशक छवि कँडेलले विश्वविद्यालयको गल्तीका कारण विद्यार्थीको नतिजा रोकिएको बताए । ‘हामीले आन्तरिक मूल्याङ्कनको नम्बर पठाउने अन्तिम दिनमा विद्यार्थीहरूको नम्बर इमेल गरेर पठाएका थियौँ’, उनले भने, ‘विश्वविद्यालयले इमेल नहेरी अरू दुई क्याम्पसको रिजल्ट निकाल्दा हाम्रो रोकिएछ ।’ विद्यार्थीहरूको नतिजा रोकिएको विषयमा विश्वविद्यालयसँग कुराकानी भइरहेको भन्दै कँडेलले चाँडै नतिजा प्रकाशन हुने बताए ।

आठौँ सत्रहान्तका विद्यार्थीहरूसँग क्याम्पसले अतिरिक्त शुल्कसमेत माग्दै आएको विद्यार्थीहरूको गुनासो छ । विद्यार्थी प्रेमकृष्ण साहले भर्ना गर्ने बेलाबाट क्याम्पसमा धेरै समस्या रहेका भन्दै, ‘हामी विश्वविद्यालयको आठौँ ब्याच तथा सिद्धान्त क्याम्पसको दोस्रो ब्याचका विद्यार्थी हौँ । क्याम्पसले प्रयोगात्मक परीक्षा नलिने तर शुल्क लिने गरेको छ । विद्यार्थीसँग भर्ना हुने बेलामा मागेको धरौटी रकमबारे पनि अन्योलता सिर्जना भएको छ’ भनेका छन् ।

कृषि तथा वन विज्ञान विश्वविद्यालय रामपुरबाट बिएस्सी फरेष्ट्रीतर्फको सम्बन्धन लिएर शैक्षिक सत्र २०७५ बाट सिद्धान्त क्याम्पसले अध्ययन–अध्यापन गराउँदै आएको थियो । क्याम्पसमा बिएस्सी फरेष्ट्रीतर्फ दोस्रो ब्याचका रूपमा शैक्षिक सत्र २०७६र२०८० समूहमा भर्ना भएका विद्यार्थीहरूले थेसिसको रिजल्ट रोकिँदा आफूहरूलाई मानसिक तनाव परेको गुनासो गरेका छन् । रासस

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Bostan Ads
Bostan Ads
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
149.31
149.91
European Euro
1
175.69
176.39
UK Pound Sterling
1
201.84
202.66
Swiss Franc
1
191.53
192.30
Australian Dollar
1
106.95
107.38
Canadian Dollar
1
109.34
109.78
Singapore Dollar
1
117.42
117.90
Japanese Yen
10
9.38
9.42
Chinese Yuan
1
21.91
21.99
Saudi Arabian Riyal
1
39.81
39.97
Qatari Riyal
1
40.96
41.12
Thai Baht
1
4.66
4.68
UAE Dirham
1
40.65
40.81
Malaysian Ringgit
1
37.79
37.94
South Korean Won
100
10.16
10.20
Swedish Kroner
1
16.33
16.39
Danish Kroner
1
23.51
23.60
Hong Kong Dollar
1
19.07
19.14
Kuwaity Dinar
1
487.38
489.34
Bahrain Dinar
1
395.89
397.48
Omani Rial
1
387.81
389.37