२०८३ श्रावण २८, बिहीबार
August 13, 2026
२०८३ श्रावण २८, बिहीबार
August 13, 2026 Thursday
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

भोलिदेखि चितवन महोत्सवको १५औँ संस्करण सुरु

उद्योगमन्त्री दामोदर भण्डारीले समुद्घाटन गर्ने
प्रकाशित मिति : २०८१ पुष २४ गते
महोत्सवबारे जानकारी दिँदै उवासंघ चितवनका अध्यक्ष सुमनकुमार श्रेष्ठ (दायाँबाट तेस्रो) । फोटो : विना तामाङ, न्यूजप्रवाह ।

– बबिलाल तामाङ
नारायणगढ । नारायणी नदी किनारमा उद्योग वाणिज्य संघ चितवनद्वारा आयोजित १५औँ संस्करणको चितवन महोत्सव हुने भएको छ । जिल्लाकै ठूलो महोत्सवको रुपमा मानिएको उक्त महोत्सवको तयारी अन्तिम चरणमा पुगेको उद्योग वाणिज्य संघ चितवनका अध्यक्ष सुमनकुमार श्रेष्ठले जानकारी दिए ।

अध्यक्ष श्रेष्ठका अनुसार पुस २५ देखि माघ १० गतेसम्म सञ्चालन हुने उक्त महोत्सवको उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले समुद्घाटन गर्ने कार्यक्रम रहेको छ ।

- ADVERTISEMENT -

Advertisement

विसं २०५३ सालदेखि आयोजना हुँदै आएको महोत्सवमा यस वर्ष पर्यटन प्रवद्र्धनलाई विशेष जोड दिइने उनको भनाइ छ ।

महोत्सवको मूल संयोजक समेत रहेका श्रेष्ठले चितवनलाई विविधता र समृद्धिको भूमिको रुपमा विकास गर्ने लक्ष्य महोत्सवको रहेको बताए । चितवनका पर्यटकीय स्थलहरुसम्म जान र आउनको लागि सफारीको व्यवस्था, होमस्टेमा बसोबासको प्रबन्ध र पर्यटकीय स्थलहरुको वृत्तचित्र प्रस्तुतिलगायत कार्यक्रम अगाडि सारेको उनले बताए ।

महोत्सवमा यसवर्ष पनि कृषि, शिक्षा, स्वास्थ्य, पर्यटन, सूचना प्रविधि, पोल्ट्री तथा उद्योगलगायतका विषयलाई निरन्तरता दिइएको छ भने १५ दिनसम्म महोत्सव सञ्चालन गर्ने तयारी रहेको उनले बताए । यसअघि १० दिनसम्म मात्रै महोत्सव आयोजना गरिएको थियो ।

विगतका अनुभवबाट प्राप्त ज्ञान, प्रदर्शक र अवलोकनकर्ताहरुको अनुरोधलाई मध्यनजर गर्दै चितवनको आर्थिक गतिविधिलाई थप चलायमान गराउने उद्देश्यसहित पाँच दिन थप गरिएको उनले भने ।

महोत्सवमा सातवटा विशेष व्यावसायिक प्रदर्शनी कक्षसहित डोम, कृषि परिसर, अटो परिसर तथा निर्माण सामग्री व्यवसायीहरुको सहकार्यमा निर्माण एक्स्पो, घरेलु तथा साना उद्योगका लागि आवश्यक मेसिनरी सामानको प्रदर्शनी कक्ष, विभिन्न संघसंस्थाका प्रदर्शनी कक्षसँगै रेस्टुरेन्ट रहनेछन् । महोत्सवस्थलमा यसपटक केराको थामबाट रेसा निकाल्ने कार्य विशेष आकर्षणको केन्द्र बन्ने आयोजकको विश्वास छ ।

उनका अनुसार झन्डै ३० करोड रूपैयाँभन्दा माथिको आर्थिक कारोबार हुने अनुमान गरिएको छ । मुख्य प्रवद्र्धकमा भरतपुर महा–नगरपालिका र जिल्ला समन्वय समिति चितवन छन् । प्रवद्र्धकमा नेपाल उद्योग वाणिज्य महासंघ, कृषि विकास बैंक लि र नेपाल पर्यटन बोर्ड छन् । मुख्य प्रायोजकमा ग्लोबल आइएमई बैंक र सहप्रायोजकमा ग्रिन मोटर्स प्रालि रहेका छन् ।

महोत्सवमा सात वटा विशेष स्टल, कृषि परिसर, अटो परिसर, निर्माण सामग्री व्यवसायीहरुसँगको सहकार्यमा निर्माण एक्स्पो, रेस्टुरेन्ट परिसरसहित ४३० वटा स्टल रहने छन् । करिब पाँच लाख दर्शकले अवलोकन गर्ने अपेक्षा गरिएको छ । महोत्सवको प्रवेश शुल्क सर्वसाधारणलाई एकसय रुपैयाँ तोकिएको छ भने विद्यार्थीहरुलाई सहुलियत दर ५० रुपैयाँ कायम गरिएको उनले बताए ।

[with video] https://drive.google.com/drive/folders/1sMm11a2s530JhAxsZufPKS2t2uVPfL-v?usp=drive_link

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
152.24
152.84
European Euro
1
175.62
176.32
UK Pound Sterling
1
205.76
206.57
Swiss Franc
1
187.37
188.11
Australian Dollar
1
107.55
107.97
Canadian Dollar
1
109.25
109.68
Singapore Dollar
1
118.96
119.42
Japanese Yen
10
9.56
9.60
Chinese Yuan
1
22.58
22.67
Saudi Arabian Riyal
1
40.55
40.71
Qatari Riyal
1
41.76
41.92
Thai Baht
1
4.60
4.62
UAE Dirham
1
41.45
41.62
Malaysian Ringgit
1
37.26
37.41
South Korean Won
100
10.75
10.80
Swedish Kroner
1
15.96
16.02
Danish Kroner
1
23.49
23.59
Hong Kong Dollar
1
19.40
19.48
Kuwaity Dinar
1
495.49
497.45
Bahrain Dinar
1
403.79
405.38
Omani Rial
1
395.41
396.97