चितवन / नेपाल राष्ट्रिय शिक्षक संगठन कालिकाको अध्यक्षमा धर्मेन्द्रजंग रायमाझी निर्वाचित भएका छन् ।
कालिकास्थित पृथ्वी माध्यमिक विद्यालयमा आयोजित तेस्रो अधिवेशनबाट रायमाझी निर्वाचित भएका हुन् ।
यस्तै, उपाध्यक्षमा टंकप्रसाद पन्त, भवानी सिग्देल, सचिवमा प्रेमनाथ अधिकारी, कोषाध्यक्षमा दिर्घराज रिमाल, सह–सचिवमा लक्ष्मी गौली, सह –कोषाध्यक्षमा नानीमाया सापकोटा सर्वसम्मते भएका छन् । नव निर्वाचित कार्य समितिको ३ वर्षको कार्यकाल रहनेछ ।
नेपाल राष्ट्रिय शिक्षक संगठन बागमती प्रदेशका महासचिव पूर्णबहादुर पूरीको प्रमुख आतिथ्यता रहेको सो कार्यक्रममा नेपाल राष्ट्रिय शिक्षक संगठन चितवनकी जिल्ला उपाध्यक्ष निलिमा तामाङ्ग र एमाले कालिका नगर पाटिका अध्यक्ष केशव लामा विशिष्ट अतिथीको रुपमा रहेका थिए ।
नेपाल राष्ट्रिय शिक्षक संगठन कालिकाको निवर्तमान उपाध्यक्ष एवं नगर निर्वाचनका संयोजक खोम गुरुङ्गको सभाध्यक्षता रहेको सो कार्यक्रम नेपाल राष्ट्रिय शिक्षक संगठन बागमती प्रदेश सदस्य भिमकुमारी पौडेलले संचालन गरेकी हुन् ।