चितवन / भरतपुर महानगरपालिका वडा नं. १४ को लाहुरेचोकमा स्कुटर अनियन्त्रित भई पल्टिँदा स्कुटर चालक गम्भीर घाइते भएका छन् ।
सोमवार दिउँसो ३ बजेको समयमा शिवनगरबाट पार्वतीपुरतर्फ जाँदै गरेको बागमती प्रदेश०६–००४ प ५४८७ नम्बरको स्कुटर आफै अनियन्त्रित भएर पल्टिएको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ ।
- ADVERTISEMENT -

स्कुटर पल्टिँदा स्कुटर चालक भरतपुर–३ आनन्दमार्ग बस्ने वर्ष १७ को आदित्य गुप्ता गम्भीर घाइते भएका हुन् । उनको चितवन मेडिकल कलेजमा उपचार भइरहेको छ ।










































