२०८३ बैशाख १७, बिहीबार
April 30, 2026
२०८३ बैशाख १७, बिहीबार
April 30, 2026 Thursday
- ADVERTISEMENT -

चितवनको सौराहामा १९औँ सौराहा फुड फेस्टिबल सुरू

प्रकाशित मिति : २०८१ माघ ३० गते

चितवन / पर्यटकीय नगरी सौराहामा १९औँ सौराहा फुड फेस्टिबल (खाना महोत्सव) सुरू भएको छ । रेस्टुरेन्ट एण्ड बार एसोसिएसन (रेवान) सौराहाद्वारा आयोजित पाँच दिने फुड फेस्टिबलको बागमती प्रदेशका सांस्कृतिक तथा पर्यटनमन्त्री विमल ठकुरीले मङ्गलबार उद्घाटन गरेका छन् ।

उद्घाटनपछि बोल्दै मन्त्री ठकुरीले सौराहाको सफारी पर्यटन विश्वमै उत्कृष्ट रहेको बताए । सौराहा बागमती प्रदेशको एकमात्र पर्यटकीय गन्तव्य रहेको भन्दै सौराहाको सफारी पर्यटनलाई विकासको उचाइमा पु¥याउन सरकारले कुनै कसर बाँकी नराख्ने उनको भनाइ थियो ।
उनले चितवनमा १५३ वटा योजनामा २० करोड रुपैयाँ विनियोजन भएर काम सुरू भइसकेको बताउँदै त्यसमा पर्यटन विकासका योजनासमेत समावेश गरिएको बताए ।

- ADVERTISEMENT -

Advertisement

रेवानका केन्द्रीय अध्यक्ष संघर्ष बिष्टले पर्यटन उद्योगको विकासका लागि सरकारले पूर्वाधार निर्माणमा ध्यान केन्द्रित गर्नुपर्ने बताए । उनले भैरहवा, पोखरा र चितवनको विमानस्थलको स्तरोन्नति गरी हवाई टिकटको मूल्य घटाउनुपर्ने बताए ।

रेवान सौराहाका अध्यक्ष ध्रुव गिरीले सौराहाको पर्यटन विकासका लागि सरकारीस्तरबाट गुरूयोजना निर्माण गर्नुपर्ने बताए । ‘सौराहाको पर्यटन खुम्चिएको छ’, उनले भने, ‘यसको दायरा बढाउने गरी गुरूयोजना निर्माण गरेर काम गर्नुपर्छ ।’

फेस्टिबलका संयोजक शम्भुप्रसाद मालीले सौराहामा पर्यटक भिœयाउन फुड फेस्टिबल आयोजना गरिएको भन्दै फेस्टिबलका कारण सौराहामा ४० प्रतिशत पर्यटक वृद्धि हुने बताए ।

कार्यक्रममा जिल्ला समन्वय समितिका सभापति नारायणप्रसाद अधिकारी, वडा नं–७ का वडाध्यक्ष सजना महतो, सोही वडाका निवर्तमान अध्यक्ष तथा रेवान सौराहाका पूर्वअध्यक्ष राजन भट्ट, मध्यवर्ती क्षेत्र व्यवस्थापन समितिका अध्यक्ष प्रकाश ढुङ्गाना, क्षेत्रीय होटल संघका अध्यक्ष गंगा गिरी, रेवान महिला समूहकी अध्यक्ष लक्ष्मी विडारीलगायतले मन्तव्य राखेका थिए ।

प्रणय दिवसको अवसर पारेर आयोजना गरिएको फुड फेस्टिबल उद्घाटनपूर्व सौराहामा बृहत् शोभायात्रा निकालिएको छ । फेस्टिबललाई भव्य बनाउन व्यवसायीले सौराहालाई सिँगारेका छन् । फेस्टिबल स्थललाई रङ्गीचङ्गी बनाइएको छ ।

समग्र सौराहाको पर्यटन विकास गर्ने, विभिन्न जातजातिका परम्परागत तथा स्थानीय, स्वदेशी, विदेशी खानाको प्रवद्र्धन गर्ने, स्थानीय कला–संस्कृति÷भेषभूषाको जगेर्ना गर्दै पर्यटकीय गन्तव्यको रुपमा सौराहालाई राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा पहिचान गराउने, प्रवेश टिकटबाट भएको आम्दानीले यसवर्ष पनि सौराहाको पर्यटनमार्ग सौन्दर्यीकरण गर्ने उद्देश्यले फेस्टिबल आयोजना गरिएको हो ।

फागुन ३ गतेसम्म चल्ने फेस्टिबलमा बहुल जातजातिहरुको झाँकीका साथै सिन्धुलीको लोभलाग्दो कर्ने मगर बाजाको प्रस्तुति, राष्ट्रिय तथा स्थानीय कलाकारहरुको साङ्गीतिक प्रस्तुति, स्थानीय जनजातिका खाना प्रदर्शनी तथा प्रतियोगिता, वेटर÷वेट्रेसबीच प्रतियोगिता, तान डोरी प्रतियोगिता, प्रथम रेवान कप महिला फुटबल प्रतियोगिता, रक्तदान कार्यक्रम, ब्याडमिन्टन प्रतियोगिता हुनेछ ।

९० लाख खर्च हुने अनुमान गरिएको फेस्टिबलमा सौराहा क्षेत्रभित्र कार्यक्रम अवधिभर अनुमानित तीन करोडसम्म कारोबार हुने अपेक्षा गरिएको छ । फेस्टिबल अवलोकनका लागि सौराहामा दैनिक पाँच हजार स्वदेशी तथा विदेशी पर्यटक भित्रिने रेवान सौराहाका महासचिव नवीन नेपालले जानकारी दिए ।

रत्ननगर नगरपालिका संरक्षक रहेको सो फेस्टिबलको सहआयोजकमा रेवान महिला समूह, क्षेत्रीय होटल संघ सौराहा र युनाइटेड हात्ती सञ्चालन सहकारी संस्था रहेका छन् । फेस्टिबल अवधिभर सौराहाका व्यवसायीहरुले आवास र खानामा १० प्रतिशत छूट सुविधासमेत सार्वजनिक गरेका छन् । रेवानका महासचिव नेपालले सञ्चालन गरेको उद्घाटन कार्यक्रम अध्यक्ष गिरीको अध्यक्षतामा भएको थियो ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Bostan Ads
Bostan Ads
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
150.97
151.57
European Euro
1
176.57
177.27
UK Pound Sterling
1
203.55
204.36
Swiss Franc
1
191.16
191.92
Australian Dollar
1
108.13
108.56
Canadian Dollar
1
110.46
110.90
Singapore Dollar
1
118.18
118.65
Japanese Yen
10
9.45
9.49
Chinese Yuan
1
22.08
22.17
Saudi Arabian Riyal
1
40.25
40.41
Qatari Riyal
1
41.41
41.58
Thai Baht
1
4.64
4.66
UAE Dirham
1
41.10
41.26
Malaysian Ringgit
1
38.20
38.35
South Korean Won
100
10.23
10.27
Swedish Kroner
1
16.28
16.34
Danish Kroner
1
23.63
23.72
Hong Kong Dollar
1
19.26
19.34
Kuwaity Dinar
1
492.72
494.68
Bahrain Dinar
1
400.19
401.78
Omani Rial
1
392.12
393.68