Opens in a new tab
२०८३ आश्विन १३, मंगलवार
September 29, 2026
२०८३ आश्विन १३, मंगलवार
September 29, 2026 Tuesday
- ADVERTISEMENT -
- ADVERTISEMENT -

चितवन निकुञ्जमा असोजको दोस्रो सातासम्म जिप सफारी बन्द

प्रकाशित मिति : २०८२ असार १८ गते

चितवन / चितवन राष्ट्रिय निकुञ्जले सोमबारदेखि निकुञ्जभित्र जिप सफारी बन्द गरेको छ । निकुञ्जले सूचना जारी गर्दै वन्यजन्तु तथा चराचुरुङ्गीको प्रजननको समय भएकाले जिप सफारी बन्द गरेको जनाएको छ ।

निकुञ्जका सूचना अधिकारी अविनाश थापा मगरका अनुसार असोजको पहिलो वा दोस्रो सातासम्म जिप सफारी बन्द गरिएको हो । त्यति बेला ठुलो वर्षा भएमा केही ढिलो खुल्ने भए पनि बर्सात कम भएमा असोजको पहिलो साता सफारी खुल्नेछ ।

- ADVERTISEMENT -

Advertisement

वर्षाको समय जङ्गली जनावरका लागि प्रजननको समय मानिन्छ । मानिसहरू यस समयमा निकुञ्जभित्र प्रवेश गर्दा जङ्गली जनावरको वासस्थान तथा प्रजननमा पनि दख्खल पर्न सक्ने भन्दै निकुञ्जले जिप सफारी बन्द गरेको हो ।

मगरका अनुसार बर्खायामको समयमा निकुञ्जको बाटोहरू बिग्रिने तथा बाढी आउने हुँदा पर्यटकहरूको सुरक्षाको समेत मध्यनजर गरिएको हो । निकुञ्ज प्रशासनले हरेक वर्ष बाढीको समयमा व्यावसायिक जिप सफारी बन्द गर्ने गरेको छ ।

निकुञ्जको सौराहा क्षेत्रबाट ३२, कसराबाट २१, मेघौलीबाट ११ र नवलपरासीबाट नौ वटा जिपले निकुञ्जभित्र पर्यटक घुमाउने गर्दछन् । निकुञ्जबाहिरका मध्यवर्ती वन क्षेत्रमा जिप सफारी नियमित सञ्चालन हुनेछ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
153.28
153.88
European Euro
1
174.32
175.00
UK Pound Sterling
1
203.16
203.96
Swiss Franc
1
184.32
185.04
Australian Dollar
1
107.50
107.92
Canadian Dollar
1
108.23
108.65
Singapore Dollar
1
119.87
120.34
Japanese Yen
10
9.76
9.80
Chinese Yuan
1
22.84
22.93
Saudi Arabian Riyal
1
40.83
40.99
Qatari Riyal
1
42.05
42.22
Thai Baht
1
4.56
4.58
UAE Dirham
1
41.73
41.89
Malaysian Ringgit
1
37.53
37.67
South Korean Won
100
11.27
11.32
Swedish Kroner
1
15.38
15.44
Danish Kroner
1
23.32
23.41
Hong Kong Dollar
1
19.54
19.62
Kuwaity Dinar
1
498.15
500.10
Bahrain Dinar
1
406.61
408.20
Omani Rial
1
398.12
399.68