२०८३ बैशाख ९, बुधबार
April 22, 2026
२०८३ बैशाख ९, बुधबार
April 22, 2026 Wednesday
- ADVERTISEMENT -

रेलवे स्टेशनमा भागदौड : ३ बालबालिकासहित १८ जनाको मृत्यु

प्रकाशित मिति : २०८१ फाल्गुन ४ गते

काठमाडौं / भारतको नयाँ दिल्ली रेलवे स्टेशनमा भयावह भागदौड मच्चिँदा १८ जनाले ज्यान गुमाएका छन् । उक्त घटनामा १४ महिला र ३ बालबालिकासहित १८ जनाको मृत्यु भएको छ भने २५ भन्दा बढी घाइते भएको भारतीय पत्रिका दैनिक भास्करले जनाएको छ ।

शनिबार दिउँसो ४ बजेदेखि नै महाकुम्भ यात्राका लागि ठूलो संख्यामा यात्रुहरू स्टेशनमा उपस्थित भएका थिए । राति करिब ८:३० बजे प्रयागराज जाने तीनवटा रेल ढिला भएपछि यात्रुहरूको भीड अझ बढ्यो । प्लेटफर्म नम्बर १३, १४ र १५ को बीचमा अत्यधिक भीड भएपछि त्रासको माहोल सिर्जना भयो र भागदौड मच्चियो ।

- ADVERTISEMENT -

Advertisement

घटनापछि भारतीय रेलमन्त्री अश्विनी वैष्णवले तुरुन्तै छानबिनको आदेश दिएका छन् । भारतका प्रधानमन्त्री नरेन्द्र मोदी र रक्षामन्त्री राजनाथ सिंहले मृतकप्रति श्रद्धाञ्जली व्यक्त गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेका छन् ।

महाकुम्भ मेलाका क्रममा यसअघि पनि यस्ता दर्दनाक घटनाहरू भएका छन् । जनवरी २९ मा प्रयागराजको महाकुम्भमा भागदौड हुँदा ३० जनाले ज्यान गुमाएका थिए । त्यस्तै, फेब्रुअरी १०, २०१३ मा प्रयागराज रेलवे स्टेशनमा भागदौड हुँदा ३६ जनाको मृत्यु भएको थियो ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Bostan Ads
Bostan Ads
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
149.31
149.91
European Euro
1
175.69
176.39
UK Pound Sterling
1
201.84
202.66
Swiss Franc
1
191.53
192.30
Australian Dollar
1
106.95
107.38
Canadian Dollar
1
109.34
109.78
Singapore Dollar
1
117.42
117.90
Japanese Yen
10
9.38
9.42
Chinese Yuan
1
21.91
21.99
Saudi Arabian Riyal
1
39.81
39.97
Qatari Riyal
1
40.96
41.12
Thai Baht
1
4.66
4.68
UAE Dirham
1
40.65
40.81
Malaysian Ringgit
1
37.79
37.94
South Korean Won
100
10.16
10.20
Swedish Kroner
1
16.33
16.39
Danish Kroner
1
23.51
23.60
Hong Kong Dollar
1
19.07
19.14
Kuwaity Dinar
1
487.38
489.34
Bahrain Dinar
1
395.89
397.48
Omani Rial
1
387.81
389.37