मकवानपुर / बागमती प्रदेशको राजधानी हेटौंडाबाट संघीय राजधानी काठमाडौं जोड्ने छोटो दूरीको देउराली–फाखेल–मातातीर्थ सडक आगामी चैत २१ गतेसम्म बन्द हुने भएको छ ।
मकवानपुरको इन्द्रसरोवर गाउँपालिका अन्तर्गत पर्ने उक्त सडक मर्मतका लागि उक्त सडक बन्द गरिने भएको हो ।
- ADVERTISEMENT -

इन्द्रसरोवर गाउँपालिका वडा नम्बर ५ ले एक सूचना सार्वजनिक गर्दै देउराली मातातीर्थ खण्डमा निर्माण र स्तरोन्नति गर्नुपर्ने भएकाले उक्त सडक खण्डमा फागुन ४ गतेदेखि चैत २१ गते सम्म सवारी आवागमनमा बन्द हुने जानकारी गराएको हो ।
उक्त मार्ग हुँदै संचालन हुने सवारीसाधनलाई वैकल्पिक मार्ग अपनाउन समेत वडा कार्यालयले आग्रह गरेको छ ।











































