काठमाडौं / त्रिभुवन विश्वविद्यालय स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को चुनाव कार्यतालिका सार्वजनिक गरिएको छ । संघसंगठन समूह दर्ता गर्ने समय १९ फागुनमा तोकिएको छ भने आगामी ५ चैतमा चुनाव हुँदैछ ।
मतदाता सूची प्रकाशित गर्ने २१ फागुनमा र मतदाता सूची उपर दाबी विरोध गर्ने समय २५ फागुनमा दिइएको छ । सोही दिन नै मतदाता सूची उपर दाबी विरोधको छानबिन गरी अन्तिम नामावली प्रकाशित गर्ने कार्यतालिका रहेको छ ।
- ADVERTISEMENT -

२६ फागुनमा उम्मेदवारका लागि मनोनयनपत्र वितरण गर्ने कार्यतालिका छ । प्रत्यक्ष र समानुपातिक दुवै तर्फको उम्मेदवारको मनोनयन पत्र नामावली दाखिला गर्ने समय २७ फागुनका लागि तोकिएको छ ।
५ चैतमा बिहान ८ बजेदेखि दिनको ४ बजेसम्म मतदान हुने छ ।










































