– बबिलाल तामाङ
चितवन । गुरुङहरुको छाता संगठन तमु प्ये ल्हु संघ चितवनलाई १ लाख १२ हजार रकम सहयोग प्राप्त भएको छ ।
- ADVERTISEMENT -

जग्गा खरिद र क्होइबो निर्माणको लागि सुरु गरिएको अभियानलाई भारतीय नागरिक अरुण सैनीले भरतपुरमा आयोजित एक कार्यक्रमका बीच सोमबार १ लाख १२ हजार रकम सहयोग गरेको संघका अध्यक्ष विक्रम (चम्रु) गुरुङले जानकारी दिए ।
अध्यक्ष गुरुङका अनुसार संस्थाका जिन्सी संयोजक दानबहादुर तेल्मे गुरुङका सुपुत्र पुरन तेल्मे गुरुङले उक्त रकमका लागि सहजीकरणको भूमिका निर्वाह गरेका हुन् । पुरनकै पहलमा उनका साथी सैनीले सो रकम संघलाई सहयोग गरेको अध्यक्ष गुरुङले बताए ।
करिब चार महिनादेखि जग्गा खरिद र गुम्बा निर्माणका लागि अगाडि बढ्दै गरेको अभियानले हालसम्म ३५ लाख बढी सहयोग प्राप्त भइसकेको छ भने दुई करोड लागत परियोजना रहेको उनले भने ।
तमु प्ये ल्हु संघ चितवन तमूहरुको मौलिक धर्म, भाषा, संस्कार र संस्कृतिको संरक्षण, प्रबद्र्धन र सम्बद्र्धनको लागि स्थापित संस्था हो । तमूहरूको आस्था र विश्वासको धरोहर क्होइबो धीँ निर्माण र जमिन खरिदको लागि आर्थिक संकलन अभियानमा संघ निरन्तर अघि बढिरहेको छ ।
कार्यक्रममा तमू प्येलु संघ केन्द्रीय समितिका उपाध्यक्ष तथा बागमती प्रदेश प्रमुख तुलाराम टु क्येप्रि, केन्द्रीय सल्लाहकार जगत बहादुर टु क्लेप्रि र कार्यसमितिका पदाधिकारीहरूलगायतको उपस्थिति थियो ।
कार्यक्रम संस्थाका अध्यक्ष अध्यक्ष बिक्रम (चम्रु) गुरुङको अध्यक्षतामा सम्पन्न भएको थियोे ।










































