२०८३ बैशाख ७, सोमबार
April 20, 2026
२०८३ बैशाख ७, सोमबार
April 20, 2026 Monday
- ADVERTISEMENT -

राजावादीले काठमाडौंमा प्रदर्शन गर्दै, ठूला दलमा हलचल

प्रकाशित मिति : २०८१ फाल्गुन २५ गते

काठमाडौं / पूर्वराजा ज्ञानेन्द्र शाह पोखराबाट आज (आइतबार) काठमाडौँ फर्किँदा राजसंस्थाको पक्षमा सक्रिय रहेको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) लगायत राजावादीहरुले संघीय राजधानी काठमाडौंमा शक्ति प्रदर्शन गर्दैछन् ।

राप्रपाका नेता(कार्यकर्ता र समर्थकहरु पूर्वराजाको स्वागतका लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भेला हुने कार्यक्रम रहेको छ । विमानस्थलमा स्वागतपछि शाहलाई महाराजगञ्जस्थित निर्मल निवास पुर्‍याइनेछ ।

- ADVERTISEMENT -

Advertisement

राप्रपाका प्रवक्ता ज्ञानेन्द्र शाहीले पूर्वराजालाई स्वागत गर्न सबैलाई आह्वान गरेका छन् । उनले सामाजिक सञ्जालमार्फत ‘फागुन २५ गते दिउँसो १ बजे विमानस्थलमा उपस्थिति जनाउन सबैलाई हार्दिक निमन्त्रणा गर्दछु,’ भनेका छन् । साथै, जोसँग जुनसुकै सवारी साधन भए पनि त्यसै प्रयोग गरेर उपस्थित हुन आग्रह गरेका छन् ।

हालै फागुन ७ गते प्रजातन्त्र दिवसको अवसर पारेर पूर्वराजा शाहले राजसंस्थाको पुनर्स्थापनाको विषय उठाएका थिए । त्यसपछि राप्रपासहित राजसंस्थावादी समूहहरूले आन्दोलनलाई तीव्रता दिएका छन् । उनीहरू चाँडै नै राजसंस्था फर्किने दाबी गरिरहेका छन् ।

यस विषयलाई लिएर ठूला दलहरूमा पनि चर्चा चलिरहेको छ । प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीले राजसंस्था पुनर्स्थापनाको प्रयास नगर्न चेतावनी दिएका छन् । उनले फागुन २२ गते महोत्तरीमा आयोजित कार्यक्रममा ‘जनताले फालेको राजतन्त्रलाई फेरि कसरी फर्काउने रु’ भन्दै प्रश्न गरेका थिए ।

यसैबीच, नेकपा माओवादी केन्द्रले तराई(मधेस जागरण अभियान स्थगित गरेको छ । महासचिव देव गुरुङका अनुसार हालको राजनीतिक परिस्थितिलाई मध्यनजर गर्दै गणतन्त्र पक्षधर दलहरूसँग थप छलफल आवश्यक रहेको भन्दै अभियान केही समयका लागि रोकिएको हो ।

राजसंस्था समर्थकहरूको प्रदर्शनलाई लिएर सत्तारूढ दल नेकपा एमालेका नेताहरूले विभिन्न प्रतिक्रिया दिइरहेका छन् । शनिबार साँझ प्रधानमन्त्री ओली र राष्ट्रपति रामचन्द्र पौडेलबीच भएको भेटलाई पनि अर्थपूर्ण रूपमा हेरिएको छ ।

पूर्वराजा शाहले गण्डकी प्रदेशका विभिन्न मन्दिरहरूको दर्शन गरेपछि पोखरामा राजा वीरेन्द्रको शालिक अनावरण गरेका थिए । सोही भ्रमण सकेर उनी काठमाडौं फर्किन लागेका हुन् ।

यता, काठमाडौँमा सुरक्षा व्यवस्था कडा बनाउने तयारी सरकारले गरेको छ। नेपाल प्रहरीले १० हजार मानिस प्रदर्शनमा उत्रने अनुमान गरेको छ। सबै प्रकारका सुरक्षाकर्मी तैनाथ बनाउने सरकारको तयारी छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Bostan Ads
Bostan Ads
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
148.39
148.99
European Euro
1
174.56
175.26
UK Pound Sterling
1
200.57
201.38
Swiss Franc
1
189.79
190.56
Australian Dollar
1
106.37
106.80
Canadian Dollar
1
108.37
108.80
Singapore Dollar
1
116.83
117.30
Japanese Yen
10
9.35
9.39
Chinese Yuan
1
21.77
21.85
Saudi Arabian Riyal
1
39.56
39.72
Qatari Riyal
1
40.70
40.86
Thai Baht
1
4.65
4.66
UAE Dirham
1
40.40
40.56
Malaysian Ringgit
1
37.54
37.70
South Korean Won
100
10.11
10.16
Swedish Kroner
1
16.19
16.26
Danish Kroner
1
23.36
23.45
Hong Kong Dollar
1
18.95
19.02
Kuwaity Dinar
1
484.38
486.34
Bahrain Dinar
1
393.61
395.20
Omani Rial
1
385.93
387.49