२०८३ बैशाख ८, मंगलवार
April 21, 2026
२०८३ बैशाख ८, मंगलवार
April 21, 2026 Tuesday
- ADVERTISEMENT -

पूर्वराजालाई स्वागत गर्न अध्यक्ष लिङ्देन नजाने

प्रकाशित मिति : २०८१ फाल्गुन २५ गते
File photo.

काठमाडौं । पोखराबाट काठमाडौं फर्किंदै गरेका पूर्वराजा ज्ञानेन्द्र शाहलाई स्वागत गर्न राजावादीहरुले काठमाडौंमा विशेष तयारी गरेका छन् । राजावादी समर्थक तथा विभिन्न राजनीतिक दल र संघसंस्थाहरुको पहलमा भव्य र्‍यालीको आयोजना गरिएको हो ।

तर पूर्वराजा शाहको स्वागत र्‍यालीमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देन सहभागी नहुने भएका छन् । पार्टीले स्वागत कार्यक्रमको नेतृत्व गर्ने जिम्मा प्रमुख सचेतक ज्ञानेन्द्र शाही र प्रवक्ता मोहन श्रेष्ठलाई दिएको छ । शाहीले यसबारे जानकारी दिँदै भने, ‘अध्यक्षज्यु आजको कार्यक्रममा सहभागी हुनुहुन्न । उहाँले मलाई र प्रवक्ता ज्यूलाई स्वागत कार्यक्रम अगाडि बढाउने जिम्मेवारी दिनुभएको छ ।’

- ADVERTISEMENT -

Advertisement

प्रवक्ता श्रेष्ठले पनि अध्यक्षको उपस्थिति बारे कुनै आधिकारिक जानकारी प्राप्त नभएको बताएका छन् । राजावादी समर्थक समूहहरू काठमाडौंका विभिन्न स्थानमा भेला भएर पूर्वराजा शाहको स्वागत गर्न लागिपरेका छन् । गौशाला र तीनकुने क्षेत्रमा जम्मा भएर उनीहरू सिनामंगलस्थित विमानस्थलको मुख्य गेटतर्फ अगाडि बढ्नेछन् । त्यहाँबाट पूर्वराजासँगै स्वागत र्‍याली निर्मल निवाससम्म पुग्ने योजना रहेको छ ।

पूर्वराजा ज्ञानेन्द्र शाहको आगमनलाई लिएर विभिन्न राजनीतिक दल तथा राजसंस्था समर्थक समूहहरूबीच राजाको प्रिय बन्ने होडबाजी चलेको देखिन्छ । राप्रपा, राप्रपा नेपाल लगायत अन्य राजावादी समूहहरूले शाहको स्वागतलाई भव्य बनाउन विभिन्न तयारी गरेका छन् । यो अवसरलाई सदुपयोग गर्दै राजसंस्थाको समर्थनमा प्रदर्शन गर्ने योजना पनि बनाइएको छ ।

?राजधानीमा ठुलो भिड हुनसक्ने तथा अनियन्त्रित गतिविधि हुन नदिन प्रशासनले विशेष सुरक्षा सतर्कता अपनाएको छ । सुरक्षाकर्मीलाई हाई अलर्टमा राखिएको छ भने प्रमुख स्थानहरूमा थप सुरक्षाकर्मी परिचालन गरिएको छ । भिड व्यवस्थापन तथा शान्ति सुरक्षालाई मध्यनजर गर्दै प्रशासनले आवश्यक कदम चालेको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Bostan Ads
Bostan Ads
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
148.39
148.99
European Euro
1
174.56
175.26
UK Pound Sterling
1
200.57
201.38
Swiss Franc
1
189.79
190.56
Australian Dollar
1
106.37
106.80
Canadian Dollar
1
108.37
108.80
Singapore Dollar
1
116.83
117.30
Japanese Yen
10
9.35
9.39
Chinese Yuan
1
21.77
21.85
Saudi Arabian Riyal
1
39.56
39.72
Qatari Riyal
1
40.70
40.86
Thai Baht
1
4.65
4.66
UAE Dirham
1
40.40
40.56
Malaysian Ringgit
1
37.54
37.70
South Korean Won
100
10.11
10.16
Swedish Kroner
1
16.19
16.26
Danish Kroner
1
23.36
23.45
Hong Kong Dollar
1
18.95
19.02
Kuwaity Dinar
1
484.38
486.34
Bahrain Dinar
1
393.61
395.20
Omani Rial
1
385.93
387.49