काठमाडौं / प्रतिनिधिसभाको आज (मंगलबार) बस्ने बैठकमा प्रमुख प्रतिपक्षी दलका नेता तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सम्बोधन गर्ने भएका छन् । राजावादीको सक्रियता बढेको बेला प्रचण्डले संसदलाई सम्बोधन गर्न लागेका हुन् ।
यसअघि सोमबार प्रमुख सचेतकहरूको बैठकमा मङ्गलवारको प्रतिनिधिसभा बैठकमा प्रचण्डले बोल्ने समयबारे छलफल भएको थियो । सोहीअनुसार समय निर्धारण गरेको एमाले प्रमुख सचेतक महेश बर्तौलाले जानकारी दिए । बैठक दिउँसो १ बजे बस्ने तय भएको छ ।