काठमाडौँ / नेपालले आज (शुक्रबार) जारी चार देशीय सिरिज अन्तर्गत हङकङविरुद्ध खेल्दै छ । नेपाली समय अनुसार यो खेल अपराह्न १२ः४५ बजेदेखि सुरु हुने छ ।
यस सिरिजमा नेपालले खेलेका ५ खेलमा एक जित र ४ हार बेहोरेको छ र फाइनलको दौडबाट बाहिरिएको छ । नेपालले यस अघि नामिबियासँग दुवै पटक तथा हङकङ र युगाण्डासँग एक एक खेलमा हार बेहोरेको थियो । त्यस्तै आयोजक युगाण्डालाई एक खेलमा पराजित गरेको थियो ।
त्यसपछि मार्च १६ मा अंक तालिकामा पहिलो र दोस्रो हुने तथा तेस्रो र चौथो हुने देशबीच खेल हुने तालिका रहेको छ ।