April 26, 2025

कारले घरको भित्तामा ठक्कर दिँदा चालकको मृत्यु

March 16, 2025
sketch
- ADVERTISEMENT -

काठमाडौं / कैलालीको गोदावरीमा अनियन्त्रित भएर कार दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । शनिबार साँझ गोदावरी नगरपालिका–३ स्थित चौकीडाँडामा एक कार अनियन्त्रित भई दुर्घटना हुँदा चालकको मृत्यु भएको हो ।

बा १७ च ९६४५ नम्बरको स्कारपियो कार अत्तरियाबाट महेन्द्रनगर जाँदै गर्दा सन्तुलन गुमाई सडकभन्दा ५० मिटर दक्षिणतर्फ रहेको बहादुर कडाराको पक्की घरको भित्तामा ठोक्किएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । दुर्घटनामा गम्भीर घाइते भएका कृष्णपुर नगरपालिका–४ निवासी ३५ वर्षीय चालक सिवित रानालाई उपचारका लागि सेती प्रादेशिक अस्पताल पुर्‍याइएको थियो ।

तर, राति साढे ९ बजे उनको उपचारका क्रममा मृत्यु भएको प्रहरी नायब उपरीक्षक (डीएसपी) कबिन्द्र सिंह बोहराले पुष्टि गरे । प्रहरीका अनुसार तीव्र गतिका कारण कार अनियन्त्रित भएर दुर्घटनामा परेको हुनसक्ने प्रारम्भिक अनुमान गरिएको छ ।

- ADVERTISEMENT -