दाङ / तुलसीपुर उपमहानगरपालिका–१७ मानपुरमा ट्याक्टर अनियन्त्रित भएर घरभित्र छिरेको छ ।
बिजौरीबाट मानपुरतर्फ जाँदै गरेको लु.प्र ००२–००१त००८५ नम्बरको खाली ट्याक्टर अनियन्त्रित भइ स्थानीय मुरारी शर्माको कच्ची दुई तले घरको पश्चिमतर्फको भागमा शनिबार बेलुका ८ बजे ठोक्किन गएको इलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ ।
- ADVERTISEMENT -

ट्याक्टर घरभित्रै छिरेपछि ५६ वर्षीय रामकृष्ण चौधरीसहित उनकी छोरीहरु २८ वर्षीया शान्ति चौधरी, २० वर्षीया त्रिमा चौधरी, स्थानीय ४२ वर्षीय भक्तबहादुर खत्री र २८ वर्षीय रामजी गुप्ता घाइते भएको तुलसीपुरका प्रवक्ता प्रहरी निरीक्षक सूर्य राना मगरले जानकारी दिए ।











































