वालिङ / स्याङ्जाको वालिङ नगरपालिका–९ भूम्रेमा ऋषिपञ्चमीको अवसरमा आँधीखोलामा स्नान गर्ने क्रममा खोलाले बगाउँदा एक महिलाको मृत्यु भएको छ।
मृत्यु हुनेमा वालिङ–९ भूम्रेकी ५३ वर्षीया माया पाण्डे रहेकी छन् ।
- ADVERTISEMENT -

वडा प्रहरी कार्यालय वालिङका प्रहरी नायब उपरीक्षक प्रताप पौडेलका अनुसार पाण्डेलाई आज बिहान आँधीखोलामा नुहाउने क्रममा खोलाले बगाएको थियो ।
घटनापछि वडा प्रहरी कार्यालय वालिङको टोली, जनप्रतिनिधि तथा स्थानीयवासीले खोजी सुरु गरेका थिए । खोजीका क्रममा पाण्डेको शव घटनास्थलबाट करिब चार किलोमिटर तल वालिङ नगरपालिका–१३ स्थित शान्तिघाटमा फेला परेको प्रहरीले जनाएको छ ।
शव आँधीखोलाको ढुङ्गामा अड्किएको अवस्थामा फेला परेको हो ।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।


















































