२०८३ भाद्र २२, सोमबार
September 7, 2026
२०८३ भाद्र २२, सोमबार
September 7, 2026 Monday
- ADVERTISEMENT -
- ADVERTISEMENT -

भच्चेकमा निःशुल्क आँखा शिविर, ६४ को शल्यक्रिया

प्रकाशित मिति : २०८१ चैत्र १० गते

गोरखा / भच्चेक आधारभूत अस्पतालमा आयोजित निःशुल्क आँखा शिविरमा १९५ महिलासहित ३३० जनाले आँखा जाँच गराएका छन् । परीक्षण गरिएकामध्ये ६४ जनाको आँखा शल्यक्रिया गरिएको आँखा शिविरका संयोजक एवं मुटु फाउन्डेसनका अध्यक्ष धनबहादुर गुरूङले जानकारी दिए । अजिरकोट र आसपासका स्थानीयलक्षित कार्यक्रम आयोजना गरिएको उनले बताए ।

लक्ष्यअनुसार अजिरकोट गाउँपालिकासँगै सिरानचोक गाउँपालिका र लमजुङको दूधपोखरी गाउँपालिकाका स्थानीयले समेत सुविधा लिएका उनले बताए । ‘आँखामा समस्या देखिएका बिरामीका लागि पनि यहीँ शल्यक्रिया गर्ने गरी गरिएको शिविरमा शल्यक्रियापछि बस्न, खाना र चस्माको व्यवस्थासमेत निःशुल्क गरेका छौँ’, उनले भने, ‘आँखा उपचारका लागि चितवन, पोखरा र काठमाडौँ पुग्नुपर्ने बाध्यतालाई हटाउनका लागि शिविर सञ्चालन गरेका हौँ ।’

- ADVERTISEMENT -

Advertisement

मुटु फाउन्डेसन र मनोज एसोसिएसन फ्रान्सको प्रायोजन तथा नेपाल आँखा अस्पताल त्रिपुरेश्वरको प्राविधिक सहयोगमा अजिरकोट गाउँपालिकाले कार्यक्रम आयोजना गरेको हो। यी संघसंस्थाले स्थानीय तहसँगको सहकार्यमा बेला–बेला स्वास्थ्यसँग सम्बन्धित विभिन्न खालका कार्यक्रम निःशुल्करुपमा सञ्चालन गर्दै आइरहेको छ । यही क्रममा यसपटक आँखा उपचारलाई केन्द्रमा राखेर निःशुल्क आँखा शिविर सञ्चालन गरिएको कार्यक्रम संयोजक गुरूङले जानकारी दिए ।

भच्चेकमा अजिरकोट आँखा उपचार केन्द्र छ । तर, उक्त केन्द्रमा आँखा जाँच गरेर चस्मा र औषधि दिने सुविधा भए पनि मोतियाविन्दु भएका बिरामीका लागि शल्यक्रियाको व्यवस्था छैन। त्यसकारण यसरी सञ्चालन भएको शिविरबाट दुरदराजमा रहेका जनताले राम्रो मौका पाएका उनले बताए ।

शिविरमा नेपाल आँखा अस्पताल त्रिपुरेश्वरका वरिष्ठ नेत्ररोग विशेषज्ञ डा। किरण शाक्यको समूह अजिरकोट आएको थियो । डा. शाक्यले बजारी क्षेत्रबाट अल्लि भित्र रहेको भच्चेकमा आँखा शिविर सञ्चालन गरेर राम्रो काम गरेको बताए । ‘यसपटक कामकै सिलसिलामा भए पनि भच्चेक आउने मौका पाइयो । नयाँ ठाउँमा आएर काम गर्न पाउँदा छुट्टै आनन्द महसुस भयो’, उनले भने, ‘विकटमा रहेका स्थानीयले सुविधा पाउँदा हामीले पनि नयाँ ठाउँ घुम्ने र चिन्ने मौका पायौँ ।’

अजिरकोट गाउँपालिकाका अध्यक्ष दीपक देवकोटाले पालिकावासीका लागि सरकारी संस्थालाई गैरसरकारी संस्थाको सहयोग निकै फलदायी हुने प्रतिक्रिया दिए । गाउँमा आवश्यकताको आधारमा विभिन्न खालका कार्यक्रम आयोजना गर्दै जाने क्रममा यसपटक आँखा शिविर सञ्चालन गर्न सफल भएको उनले बताए । प्राविधिक तथा व्यवस्थापनमा महत्त्वपूर्ण सहयोग रहेको भन्दै सहयोगी संस्थाहरुलाई उनले गाउँपालिकाका तर्फबाट धन्यवाद दिए ।

‘समग्र गाउँवासीलाई फाइदा हुने काममा जुनसुकै संघसंस्थासँग पनि मिलेर काम गर्न हामी तयार छौँ’, उनले भने, ‘आगामी दिनमा पनि यहाँहरुको साथ र सहयोग हाम्रा लागि आवश्यक हुन सक्छ । त्यस्तो बेला पक्कै पनि सहयोग पाउने अपेक्षा गरेको छु ।’ शिविरपछि कार्यक्रममा सहभागी संस्था तथा स्वास्थ्यकर्मीलाई गाउँपालिकाको तर्फबाट सम्मानसमेत गरिएको थियो ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
150.88
151.48
European Euro
1
175.22
175.92
UK Pound Sterling
1
204.03
204.84
Swiss Franc
1
186.35
187.09
Australian Dollar
1
108.67
109.10
Canadian Dollar
1
109.02
109.45
Singapore Dollar
1
119.10
119.57
Japanese Yen
10
9.66
9.70
Chinese Yuan
1
22.48
22.57
Saudi Arabian Riyal
1
40.18
40.34
Qatari Riyal
1
41.39
41.56
Thai Baht
1
4.58
4.60
UAE Dirham
1
41.08
41.24
Malaysian Ringgit
1
37.30
37.45
South Korean Won
100
11.22
11.27
Swedish Kroner
1
15.75
15.81
Danish Kroner
1
23.44
23.54
Hong Kong Dollar
1
19.24
19.32
Kuwaity Dinar
1
491.47
493.42
Bahrain Dinar
1
400.19
401.78
Omani Rial
1
391.89
393.45