Opens in a new tab
२०८३ आश्विन ७, बुधबार
September 23, 2026
२०८३ आश्विन ७, बुधबार
September 23, 2026 Wednesday
- ADVERTISEMENT -
- ADVERTISEMENT -

नेपालले फेरि गुमायो ‘होम म्याच’

एएफसी एसियन कप छनोट : नेपाल आज मलेसियासँग भिड्दै
प्रकाशित मिति : २०८१ चैत्र १२ गते

काठमाडौं / एएफसी एशियन कप २०२७ को छनोट अन्तर्गत तेस्रो चरणको खेल मङ्गलवार दशरथ रङ्गशालामा हुनुपर्ने भए पनि अन्ततः मलेशियाको जोहोरस्थित सुल्तान इब्राहिम रङ्गशालामा आयोजना भइरहेको छ । नेपालमा खेल हुन नसक्नुको प्रमुख कारण दशरथ रङ्गशालाले ‘सेफ्टी सर्टिफिकेट’ प्राप्त गर्न नसक्नु रहेको अखिल नेपाल फुटबल संघ ९एन्फा० ले जनाएको छ ।

नेपालमा पुरुष राष्ट्रिय फुटबल टोलीको अन्तर्राष्ट्रिय खेल नभएको झन्डै डेढ वर्ष पुगिसकेको छ । यसअघि, सन् २०२३ डिसेम्बर ५ मा नेपालले यमनविरुद्ध विश्वकप छनोट खेल खेलेयता कुनै पनि ठूलो प्रतियोगिता आयोजना हुन सकेको छैन । यसअघि पनि दशरथ रङ्गशाला अन्तर्राष्ट्रिय खेलका लागि अयोग्य घोषित हुँदै आएको छ । यसपटकको निरीक्षणका क्रममा पनि फिफाले सुरक्षा मापदण्ड पूरा नभएको भन्दै स्वीकृति नदिएको हो ।

- ADVERTISEMENT -

Advertisement

फिफाका निरीक्षकहरूले मैदानको घाँसे सतह, फ्लड लाइट, रङ्गशालाको संरचना लगायतका विषयमा प्रश्न उठाएका थिए । एन्फाका प्रवक्ता सुरेश शाहका अनुसार मुख्य समस्या ‘सेफ्टी सर्टिफिकेट’ हो, जुन प्रमाणपत्रले रङ्गशाला बलियो छ र दर्शकका लागि सुरक्षित छ भन्ने पुष्टि गर्छ । शाहका अनुसार फिफा र एएफसीले दुई वर्षअघि नै यस्तो प्रमाणपत्र अनिवार्य बनाएको थियो, तर राष्ट्रिय खेलकुद परिषद् ९राखेप०ले अझै पनि उपलब्ध गराउन सकेको छैन ।

राखेप सदस्य सचिव टङ्कलाल घिसिङका अनुसार ‘सेफ्टी सर्टिफिकेट’ तयार गर्न सरकारी प्रक्रिया पूरा गर्नुपर्ने भएकाले ढिलाइ भएको हो । कन्सल्टेन्ट छनोटका लागि टेन्डर प्रक्रिया अघि बढिसकेको र सम्भवतः यही आर्थिक वर्षभित्र प्रमाणपत्र उपलब्ध हुने उनले बताएका छन् ।

घरेलु मैदानमा खेल्दा दर्शकको साथ र खेलाडीको मनोबल उच्च हुने भएकाले नेपाली खेलाडीहरूले आफ्नै देशमा खेल्न चाहेका थिए । राष्ट्रिय टोलीका कप्तान किरण कुमार लिम्बूले समेत प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेर मलेशियाविरुद्धको खेल नेपालमै गराउने पहल गर्न आग्रह गरेका थिए । तर आवश्यक पूर्वाधार अभावका कारण नेपालले फेरि पनि आफ्नो ‘होम म्याच’ विदेशी भूमिमा खेल्नुपर्ने भएको छ ।

यसअघि विश्वकप छनोटको दोस्रो चरणमा पनि नेपालले बाहरेनसँगको खेल बाहरेनमै र यूएईसँगको खेल साउदी अरेबियामा खेल्नुपरेको थियो । नेपाली फुटबलप्रेमीहरू र विश्लेषकहरूले पटकपटक दोहोरिने यो समस्यालाई गम्भीर रूपमा लिनुपर्ने बताइरहेका छन् । फुटबल विश्लेषक सञ्जीव मिश्र भन्छन्, ‘रङ्गशाला अयोग्य ठहरिँदै जाने हो भने नेपालमा अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिता आयोजना गर्न सम्भव हुँदैन, जसले नेपाली फुटबलको भविष्यमै असर पार्न सक्छ ।’

नेपाल आज मलेसियासँग भिड्दै
एएफसी एसियन कप छनोट अन्तर्गत नेपाली राष्ट्रिय फुटबल टोली आज (मंगलबार) मलेसियासँग भिड्दैछ । मलेसियाको घरेलु मैदान इब्राहिम सुल्तान स्टेडियममा हुने खेल साँझ पौने ८ बजे सुरु हुनेछ ।

अघिल्लो साता सिंगापुरसँगको मैत्रीपूर्ण खेलमा १–० को ऐतिहासिक जित निकालेको नेपाली टोली उच्च मनोवलमा छ । खेलअघि नेपाली टोलीका मुख्य प्रशिक्षक म्याट रोसले मलेसिया बलियो प्रतिद्धन्दी भएपनि जितका लागि नै खेल्ने बताएका छन् ।

नेपाल र मलेसियाबीच अहिलेसम्म सात पटक भेट भएको छ। ती सातै भेटमा नेपाल मलेसियासँग पराजित भएको छ। नेपाली टोली आजको खेलमा मलेसियाविरुद्ध हारको शृङ्खलालाई तोड्दै नयाँ सुरुवात गर्न चाहन्छ । छनोटमा नेपाल, मलेसियासँगै भियतनाम र लाओस रहेको समूह एफ मा छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
153.01
153.61
European Euro
1
175.66
176.34
UK Pound Sterling
1
204.78
205.58
Swiss Franc
1
185.97
186.70
Australian Dollar
1
109.07
109.50
Canadian Dollar
1
109.13
109.55
Singapore Dollar
1
119.96
120.43
Japanese Yen
10
9.73
9.77
Chinese Yuan
1
22.85
22.94
Saudi Arabian Riyal
1
40.73
40.89
Qatari Riyal
1
41.98
42.14
Thai Baht
1
4.60
4.62
UAE Dirham
1
41.66
41.82
Malaysian Ringgit
1
37.53
37.67
South Korean Won
100
11.15
11.19
Swedish Kroner
1
15.57
15.63
Danish Kroner
1
23.50
23.59
Hong Kong Dollar
1
19.50
19.58
Kuwaity Dinar
1
497.84
499.79
Bahrain Dinar
1
405.86
407.45
Omani Rial
1
397.42
398.98