April 30, 2025

आज संसद्को दुवै सदनको बैठक बस्दै

March 26, 2025
File Photo
- ADVERTISEMENT -

काठमाडौँ / सङ्घीय संसद्को दुवै सदन प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक बस्ने तय भएको छ । प्रतिनिधिसभाको बैठक आज (बुधबार) बिहान ११ बजे सुरु हुनेछ भने राष्ट्रियसभा बैठक दिउँसो १ः१५ मा बस्नेछ ।

प्रतिनिधिसभाको बैठकमा ‘बैंकिङ्ग कसुर तथा सजाय (दोस्रो संशोधन) विधेयक, २०८०’ सम्बन्धी राष्ट्रिय सभाबाट प्राप्त सन्देश सहितको विधेयक टेबुल गरिनेछ । साथै, कानुन, न्याय तथा संसदीय मामिला मन्त्री अजय कुमार चौरसियाले राष्ट्रिय सभामा उत्पत्ति भएको ‘नेपाल कानुन व्यवसायी परिषद् (दोस्रो संशोधन) विधेयक, २०८१’ माथि छलफलका लागि प्रस्ताव पेश गर्ने कार्यक्रम रहेको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले ‘संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी (पहिलो संशोधन) विधेयक, २०७९’ माथि छलफल गर्न प्रस्ताव प्रस्तुत गर्नेछन् । साथै, सोही विधेयकको संशोधित संस्करण ‘संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि( सम्बन्धी (पहिलो संशोधन) विधेयक, २०८१’लाई पारित गर्न प्रस्ताव अघि सार्ने संसद् सचिवालयले जनाएको छ ।

- ADVERTISEMENT -