April 19, 2025

सुन तोलाको पौने दुई लाख, आज १३ सय वृद्धि

March 27, 2025
- ADVERTISEMENT -

काठमाडौं / नेपाली बजारमा आज (बिहीबार) सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुन तोलामा १ हजार ३ सय रुपैयाँले बढेको हो ।

आज छापावाल सुन प्रतितोला १ लाख ७४ हजार ८ सय रुपैयाँमा कारोबार भईरहेको छ । अघिल्लो कारोबार दिन बुधबार सुन १ लाख ७३ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो ।

आज चाँदीको मूल्य पनि प्रतितोला ३० रुपैयाँले बढेर २ हजार २० रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो कारोबार दिन बुधबार चाँदी १ हजार ९ सय ९० रुपैयाँमा कारोबार भएको थियो ।

- ADVERTISEMENT -