२०८३ भाद्र २५, बिहीबार
September 10, 2026
२०८३ भाद्र २५, बिहीबार
September 10, 2026 Thursday
- ADVERTISEMENT -
- ADVERTISEMENT -

काठमाडौं  महानगरको कडा निर्णय, भ्यू टावर भत्काउने तयारी

प्रकाशित मिति : २०८१ चैत्र १५ गते
Screenshot

काठमाडौं । काठमाडौं महानगरपालिका वडा नम्बर २८ पुरानो बसपार्कमा निर्माणाधीन काठमाडौं भ्यू टावर भत्काउने तयारी भएको छ । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)ले टावरमा अनियमितता भएको भन्दै भत्काउने तयारी गरेका हुन् ।

मेयर शाहले काठमाडौं टावर निर्माणमा भ्रष्टाचार भएको आरोप लगाउँदै सरकारको समेत संलग्नता रहेको आशंका व्यक्त गरेका छन् । उनका प्रमुख स्वकीय सचिव भूपदेव साहका अनुसार टावर नभत्काएसम्म वास्तविकता बाहिर आउन नसक्ने भएकाले महानगरपालिकाले यसबारे कडा निर्णय लिन लागेको हो ।

- ADVERTISEMENT -

Advertisement

काठमाडौं महानगरका प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंमाथि टावरको नक्सा अनियमित ढंगले पास गरिएको आरोप लगाइएको छ । यही कारण उनलाई कार्यालय प्रवेशमा रोक लगाइएको थियो । यद्यपि, छानबिन समितिले गुरागाईंलाई निर्दोष देखाएको प्रतिवेदन बुझाएपछि पनि मेयर शाहले उक्त प्रतिवेदन अस्वीकार गरेका छन् ।

स्वकीय सचिव साहले काठमाडौं टावरको विषयमा छानबिन गर्न गठन गरिएको समितिबाट आएको रायअनुसार नै अघि बढ्न खोजिएको बताएका छन् । उनले सरकारलाई नै भ्रष्टाचारको दोष लगाउँदै जनताको पैसामा खेलवाड गरेको आरोप लगाए । टावर भत्काउनुपर्ने स्पष्ट राय समितिको प्रतिवेदनमा नआए पनि महानगरपालिकाले भ्रष्टाचारको पोल खोल्नका लागि टावर भत्काउनुपर्ने तर्क गरेको छ ।

साहका अनुसार टावर भत्काएपछि मात्र यसमा को–को संलग्न छन् भन्ने कुरा बाहिर आउनेछ । पीपीए मोडलमा बनेको यस संरचनाको थप अध्ययन गर्न गठित समितिको प्रतिवेदन आउने चरणमा रहेको र त्यसपछि मात्रै आवश्यक निर्णय लिइने बताइएको छ । काठमाडौं टावरको भविष्य अन्योलग्रस्त बनेको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
151.42
152.02
European Euro
1
175.82
176.52
UK Pound Sterling
1
204.82
205.63
Swiss Franc
1
186.57
187.31
Australian Dollar
1
109.19
109.62
Canadian Dollar
1
109.68
110.12
Singapore Dollar
1
119.61
120.09
Japanese Yen
10
9.83
9.87
Chinese Yuan
1
22.56
22.65
Saudi Arabian Riyal
1
40.32
40.48
Qatari Riyal
1
41.54
41.70
Thai Baht
1
4.60
4.62
UAE Dirham
1
41.23
41.39
Malaysian Ringgit
1
37.28
37.43
South Korean Won
100
11.28
11.32
Swedish Kroner
1
15.76
15.82
Danish Kroner
1
23.52
23.62
Hong Kong Dollar
1
19.31
19.39
Kuwaity Dinar
1
493.79
495.74
Bahrain Dinar
1
401.60
403.19
Omani Rial
1
393.29
394.85