२०८३ भाद्र २२, सोमबार
September 7, 2026
२०८३ भाद्र २२, सोमबार
September 7, 2026 Monday
- ADVERTISEMENT -
- ADVERTISEMENT -

काठमाडौंमा आज दुई समूहको छुट्टाछुट्टै प्रदर्शन, ३५ सय प्रहरी परिचालन

प्रकाशित मिति : २०८१ चैत्र १५ गते
file photo.

काठमाडौं । देशको संघीय राजधानी काठमाडौंमा आज (शुक्रबार) गणतन्त्र पक्षधर समाजवादी मोर्चा र पूर्वराजा समर्थक समूहले छुट्टाछुट्टै प्रदर्शन गर्दैछन् । प्रदर्शनीमार्गमा समाजवादी मोर्चाले शक्ति प्रदर्शन गर्ने भएको छ भने पूर्वराजा समर्थकले तीनकुनेमा जुलुस निकाल्नेछन् ।

समाजवादी मोर्चामा नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), नेपाल समाजवादी पार्टी र नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा सहभागी छन् । मोर्चाले भृकुटीमण्डपमा प्रदर्शन गर्दै माइतीघर, त्रिपुरेश्वर हुँदै प्रदर्शनीमार्गसम्म र्‍याली निकाल्ने छ । उनीहरू बबरमहलबाट माइतीघर हुँदै प्रदर्शनीमार्ग पुग्नेछन् भने केही समूह कुपण्डोलबाट त्रिपुरेश्वर हुँदै अघि बढ्ने छन् ।

- ADVERTISEMENT -

Advertisement

त्यसैगरी, मेडिकल व्यवसायी दुर्गा प्रसाईं नेतृत्वको ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान’को आयोजनामा पूर्वराजा समर्थकहरूले तीनकुनेमा प्रदर्शन गर्ने भएका छन् । नवराज सुवेदी नेतृत्वको ‘राजसंस्था पुनर्स्थापनाका लागि संयुक्त जनआन्दोलन समिति’ले पनि सोही प्रदर्शनमा सहभागिता जनाउने छ ।

दुई पक्षधरको प्रदर्शनलाई मध्यनजर गर्दै उपत्यका प्रहरी कार्यालयले काठमाडौंमा उच्च सतर्कता अपनाएको छ । सम्भावित मुठभेड रोक्न तीनकुने र प्रदर्शनीमार्ग क्षेत्रमा ठूलो संख्यामा प्रहरी परिचालन गरिनेछ । प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी)विश्व अधिकारीको नेतृत्वमा ३५ सय प्रहरी परिचालन गर्ने योजना बनाइएको छ ।

प्रदर्शनस्थलमा एसपी अपिल बोहरा खटिने छन् भने सुरक्षा निगरानीका लागि भद्रकालीस्थित जिल्ला प्रहरी परिसरमा ‘कमान्ड सेन्टर’ स्थापना गरिएको छ । कमान्ड सेन्टरबाट काठमाडौंका प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारी, एसएसपी विश्व अधिकारी र सशस्त्र प्रहरी बलका प्रतिनिधिले सुरक्षा व्यवस्थापन गर्नेछन् । मुठभेड रोक्न पूर्वराजा समर्थकलाई चक्रपथभन्दा बाहिर मात्रै प्रदर्शन गर्न दिने रणनीति बनेको छ ।

चाबहिलबाट सातदोबाटो हुँदै तीनकुनेसम्म उनीहरूलाई जुलुस निकाल्न दिइनेछ भने भक्तपुरबाट आउने पूर्वराजा समर्थक तीनकुनेमै रोकिनेछन् । त्यस्तै, समाजवादी मोर्चाका समर्थकलाई कोटेश्वरबाट बालकुमारी हुँदै प्रदर्शनीमार्ग पठाइनेछ । यी क्षेत्रमा ट्राफिक डाइभर्ट गरिने छ ।

प्रहरीले सम्भावित अशान्ति नियन्त्रण गर्न सादा पोसाकका प्रहरी परिचालन गर्ने योजना बनाएको छ । एसएसपी शेखर खनालका अनुसार सूचना संकलन गर्न सादा पोसाकका सुरक्षाकर्मी खटाइनेछन् । काठमाडौंको प्रमुख क्षेत्रमा हुने यी दुई प्रदर्शनलाई लिएर सुरक्षा सतर्कता बढाइएको छ । कुनै पनि अप्रिय घटना हुन नदिन सुरक्षा संयन्त्र उच्च तयारीमा रहेको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
150.88
151.48
European Euro
1
175.22
175.92
UK Pound Sterling
1
204.03
204.84
Swiss Franc
1
186.35
187.09
Australian Dollar
1
108.67
109.10
Canadian Dollar
1
109.02
109.45
Singapore Dollar
1
119.10
119.57
Japanese Yen
10
9.66
9.70
Chinese Yuan
1
22.48
22.57
Saudi Arabian Riyal
1
40.18
40.34
Qatari Riyal
1
41.39
41.56
Thai Baht
1
4.58
4.60
UAE Dirham
1
41.08
41.24
Malaysian Ringgit
1
37.30
37.45
South Korean Won
100
11.22
11.27
Swedish Kroner
1
15.75
15.81
Danish Kroner
1
23.44
23.54
Hong Kong Dollar
1
19.24
19.32
Kuwaity Dinar
1
491.47
493.42
Bahrain Dinar
1
400.19
401.78
Omani Rial
1
391.89
393.45