काठमाडौं / काठमाडौंको तीनकुनेमा राजावादीको प्रदर्शनमा एक जनाको मृत्यु भएको छ । कीर्तिपुर नगरपालिका–४ घर भएका सविन महर्जनको मृत्यु भएको गृह मन्त्रालयले जनाएको छ ।
गृह मन्त्रालयका सहसचिव छवि रिजालका अनुसार २९ वर्षीय महर्जन दुर्गा प्रसाईं नेतृत्वको आन्दोलनमा सहभागी थिए । प्रदर्शनस्थलमा तनावको स्थिती भएसंगै प्रहरीले हवाई फायर गरेको थियो ।
पत्रकार सुरेश रजकको मृत्यु
राजावादीले आगलागी गरेको घरमा जलेर पत्रकार सुरेश रजकको मृत्यु भएको छ । काठमाडौँको तीनकुनेस्थित राजावादीले गरेको आगजनीमा परेर फोटो पत्रकार सुरेश रजकको मृत्यु भएको उनका सहकर्मीले बताए ।
उनी एभिन्यूज टेलिभिजनमा कार्यरत थिए । उनी सो भवनको छतबाट आन्दोलनका दृश्य खिचीरहेका थिए ।