April 19, 2025

आज प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ कार्यसूची 

March 30, 2025
File Photo
- ADVERTISEMENT -

काठमाडौं । संघीय संसद्अन्तर्गत प्रतिनिधिसभा बैठक आज (आइतबार) बिहान ११ बजे बस्दैछ । संसद् सचिवालयका महासचिव पद्मप्रसाद पाण्डेयले बैठकको कार्यसूचीबारे जानकारी दिएका छन् ।

जसअनुसार प्रतिनिधिसभामा बैंकिङ कसुर तथा सजाय (दोस्रो संशोधन) विधेयक २०८० का सम्बन्धमा राष्ट्रिय सभाबाट प्राप्त सन्देशसहितको विधेयक टेबुल गर्ने, पूर्वाधार विकास समितिका सभापति दीपकबहादुर सिंहले ‘जलश्रोत विधेयक सम्बन्धी समितिको प्रतिवेदन, २०८१ पेस गर्ने कार्यसूची छ ।

व्यवस्थापन कार्य अन्तर्गत महिला बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री नवलकिशोर साहले मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) पहिलो संशोधन विधेयक २०८१ प्रस्तुत गर्न अनुमति माग्ने प्रस्ताव प्रस्तुत गरी सो विधेयक प्रस्तुत गर्ने कार्यतालिका छ ।

- ADVERTISEMENT -