२०८३ भाद्र ३०, मंगलवार
September 15, 2026
२०८३ भाद्र ३०, मंगलवार
September 15, 2026 Tuesday
- ADVERTISEMENT -
- ADVERTISEMENT -

मुलकको अवस्था र व्यवस्था बदल्न वैज्ञानिक समाजवाद विकल्प : महासचिव बास्तोला

प्रकाशित मिति : २०८१ चैत्र २१ गते

चितवन । नेपाल कम्युनिष्ट पार्टी ( बहुमत) का महासचिव धर्मेन्द्र बास्तोलाले नेपाली जनताको अवस्था र व्यवस्थ बदल्न बैज्ञानिक समाजवाद विकल्प भएको बताएका छन । आज (बिहीवार) भरतपुरमा आयोजित पार्टीको जनसभालाई सम्बोधन गर्दै पश्चागामी र यथास्थिति बादीहरुबाट जनताको स्तर नउठ्ने बताएका हुन् । 

गणतन्त्र नेता र मन्त्रीलाई मात्रै आएको भन्दै उनले वैज्ञानिक समाजवादनै अबको उत्तम अभ्यास भएको बताए। 

- ADVERTISEMENT -

Advertisement

‘दुईचालीस बर्ष निरंकुश राजतन्त्र चल्यो, जनताले केही पाएनन, अहिले गणतन्त्र आयो केवल सत्तामा बस्नेलाई मात्र , जनताको जीवनस्तर जहाँको त्यही ।’ उनले भने । व्यवस्था बदलेमात्र जनताको आर्थिक स्तर सुध्रने उनको भनाई थियो । 

आगामी निर्वाचनमा आफूहरु निवार्चनमा नजाने भन्दै उनले जनताबाट प्रत्यक्ष निर्वाचित कार्यपालिका , व्यवस्थापिका, न्यायपालिका हुनुपर्ने पार्टीको कार्यदिशा रहेको  बताए । ‘व्यवस्था बदलेमात्र मानिसको चरित्र सुध्रन्छ, उनले भने, यसले खराब मानिसलाई पनि सही बाटोमा ल्याउँछ ।’  

सभामा बोल्दै पार्टीका स्थायी कमिटी सदस्य गुणराज लोहनीले अहिलेको संसदीय व्यवस्था जनताको हितमा नरहेको दोहोराए । ‘पश्चगामीवादी र यथास्थिति वादीकै कारण देश खोक्रो भईसक्यो लोहनीले भने, गणतन्त्र आएपछि देशको ऋण १२ खर्बबाट २६ खर्ब पुग्यो ।’ यही व्यवस्थाका कारण २०२८ सालको ऐन परिमार्जन नभएको भन्दै उनले सत्ताधारी , दलाल र भ्रष्टाचारीलाई कारवाही गर्ने आफ्नो मुख्य एजेण्डा रहेको उनले बताए । ‘अहिले यो हाम्रो आवाजको लडाई हो, उनले भने, तर बन्दुक विना जनताले मुक्ति पाउने छैनन । बन्दुक उठाएरै आएका हौं । फेरी उठाउन पनि तयार छौं ।’

केन्द्रिय कमिटी विभाग प्रमुख डिबी पाण्डेले अहिले व्यवस्थाले जनतामा कुनै परिवर्तन नभएको भन्दै देशभर जनतालाई जागरण अभियान चलाउन शुरु गरिएको बताए । ‘राजतन्त्र असफल भएको देख्यौं, गणतन्त्र असफल भएको पनि देख्यौं उनले भने, परिवर्तन त भयो, सत्ताधारिको मात्रै तर जनतामा परिवर्तन आएन ।’ वैज्ञानिक समाजवाद मार्फत अग्रगामी सोचले मात्र देशले निकास पाउने उनको भनाई थियो । 

पार्टीले  पहिलो चरणको अभियान यही चैत्र १० गतेबाट कञ्चनपुरबाट अभियान शुरु गरेर झापामा गएर समापन हुने उनले जानकारी दिए  । त्यसपछि देशका पहाडी मुलुकमा अभियान सञ्चालन गरिने उनले बताए ।  अबको व्यवस्था भागवण्डा र गठबन्धनको  नहुने भन्दै प्रत्यक्ष निर्वाचन प्रणालीबाट जानुको विकल्प नभएको उनको भनाई थियो । केन्दिय पोलीटव्युरो सदस्य रक्तिमले पहिलो र दोस्रो शक्तिले मुलुकमा परिर्वतन नआएको भन्दै तेस्रो शक्तिको रुपमा नेकपा बहुमत आएको बताए । 

सभाका अध्यक्ष एवं पार्टीका चितवन जिल्ला सेक्रेटरी राम सेढाईंले जागरणलाई शशक्तिकरण र निरन्तरता दिदैं जाने बताए । ‘अब हामी जिल्लामा किसानको आन्दोलन, सकुम्बासी समस्या आन्दोलन , मिटर व्याजी, शैक्षिक तथा स्वास्थ्य माफिया र वित्तिय शोषण विरुद्ध निरन्तर संर्घर्ष गछौं ।’ सेंढाईले भने । 

सहभागी अन्य अतिथि वक्ताहरुले जागरण अभियानलाई शशत्त, पार्ने, पूजींवादी तन्त्र र राजतन्त्रलाई निस्तेज पार्नुपर्ने र वैज्ञानिक समाजवादीलाई स्थापित गर्नुपर्नेमा जोड दिएका थिए । 

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
152.59
153.19
European Euro
1
176.09
176.78
UK Pound Sterling
1
205.74
206.55
Swiss Franc
1
186.80
187.54
Australian Dollar
1
108.74
109.16
Canadian Dollar
1
109.81
110.24
Singapore Dollar
1
120.05
120.52
Japanese Yen
10
9.86
9.90
Chinese Yuan
1
22.75
22.83
Saudi Arabian Riyal
1
40.63
40.79
Qatari Riyal
1
41.86
42.02
Thai Baht
1
4.59
4.60
UAE Dirham
1
41.55
41.71
Malaysian Ringgit
1
37.44
37.58
South Korean Won
100
11.35
11.39
Swedish Kroner
1
15.61
15.67
Danish Kroner
1
23.55
23.65
Hong Kong Dollar
1
19.45
19.53
Kuwaity Dinar
1
497.20
499.15
Bahrain Dinar
1
404.77
406.37
Omani Rial
1
396.33
397.89