April 25, 2025

रवि लामिछानेलाई सोमबार अदालतमा उपस्थित गराइने

April 5, 2025
File photo.
- ADVERTISEMENT -

बुटवल / राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई यही सोमबार रुपन्देही जिल्ला अदालतमा उपस्थित गराइने भएको छ । आज र भोलि सार्वजनिक बिदा परेकाले सभापति लामिछानेलाई सोमबार मात्रै अदालतमा उपस्थित गर्ने बताइएको छ ।

काठमाडौंबाट शुक्रबार राति आफ्नै निवासमा पक्राउ परेका लामिछानेलाई आज (शनिबार) बिहान भैरहवा ल्याइएको हो । यती एयरलाइन्सको विमानमार्फत बिहान ९.१२ बजे लाछिानेलाई गौतमबुद्ध विमानस्थलमा ल्याई पुर्‍याइएको हो ।

उच्च अदालत तुलसीपुरको बुटवल इजलासले शुक्रबार उनलाई सहकारीको रकम ठगेको कसुरमा पुर्पक्षका लागि थुनामा पठाउन आदेश गरेको थियो ।

न्यायाधीशद्वय रमेश ढकाल र स्वीकृति पराजुलीले सो आदेश गरेका हुन् । जिल्ला अदालत रुपन्देहीले उनलाई एक करोड धरौटीमा छाड्ने आदेश बदर भएको छ । उच्चको आदेशसँगै शुक्रबार राति लामिछाने पक्राउ परेका थिए ।

बुटवलको सुप्रिम सहकारी प्रकरणमा रुपन्देही जिल्ला अदालतले एक करोड धरौटी रकम मागेको आदेशमा चित्त नबुझाएर लामिछानेले उच्च अदालतमा निवेदन दिएका थिए ।

- ADVERTISEMENT -