२०८३ भाद्र २७, शनिबार
September 12, 2026
२०८३ भाद्र २७, शनिबार
September 12, 2026 Saturday
- ADVERTISEMENT -
- ADVERTISEMENT -

पूर्वउपराष्ट्रपति पुन माओवादी केन्दको उपाध्यक्षमा मनोनित

प्रकाशित मिति : २०८१ चैत्र २५ गते

काठमाडौं / पूर्व उपराष्ट्रपति नन्दबहादुर पुन (पासाङ) नेकपा (माओवादी केन्द्र) को उपाध्यक्षमा मनोनीत भएका छन् । पार्टीका सचिव लीलामणि पोख्रेलका अनुसार चैत १९ गते बसेको पदाधिकारी बैठकले पुनलाई केन्द्रीय सदस्य, स्थायी कमिटी सदस्यसहित उपाध्यक्षको जिम्मेवारी दिने निर्णय गरेको हो ।

यसअघि फागुन महिनाको तेस्रो सातामा सम्पन्न माओवादी केन्द्रको केन्द्रीय समिति बैठकमा पुन अतिथिको रुपमा सहभागी भएका थिए । अब भने उनलाई पार्टीका सबै तहमा उपाध्यक्षको रूपमा औपचारिक रूपमा मान्यता दिइएको छ । सो निर्णय पार्टीका तल्ला संरचनाहरूमाझ सर्कुलरमार्फत जानकारी गराइएको छ ।

- ADVERTISEMENT -

Advertisement

पुनलाई यसअघि उत्पादन ब्युरोको इन्चार्जको जिम्मेवारी पनि दिइएको थियो । उनी लामो समयदेखि माओवादी केन्द्रका विभिन्न बैठकहरूमा आमन्त्रित नेताको रूपमा सक्रिय सहभागिता जनाउँदै आएका थिए ।

२०७२ सालदेखि २०७९ सालसम्म दुई कार्यकाल उपराष्ट्रपति पद सम्हालेका पुन पछिल्लो समय माघ महिनादेखि सक्रिय रूपमा पार्टी राजनीतिमा फर्किएका हुन् । सुरुमा उनले राजनीतिमा पुनस् संलग्न हुने इच्छा व्यक्त गर्दा केही आलोचना भएको थियो, तर पार्टीले उनलाई महत्वपूर्ण जिम्मेवारी दिँदै पुनः मूलधारमा ल्याएको छ ।

पुनको पार्टीमा पुनर्संलग्नता र उपाध्यक्ष पदमा मनोनयनलाई माओवादी केन्द्रले सशक्त नेतृत्व विस्तारको संकेतका रूपमा हेरेको छ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
152.59
153.19
European Euro
1
176.96
177.65
UK Pound Sterling
1
206.18
206.99
Swiss Franc
1
187.34
188.08
Australian Dollar
1
109.41
109.84
Canadian Dollar
1
110.19
110.62
Singapore Dollar
1
120.35
120.83
Japanese Yen
10
9.90
9.94
Chinese Yuan
1
22.75
22.84
Saudi Arabian Riyal
1
40.63
40.79
Qatari Riyal
1
41.86
42.02
Thai Baht
1
4.62
4.64
UAE Dirham
1
41.55
41.71
Malaysian Ringgit
1
37.49
37.63
South Korean Won
100
11.37
11.41
Swedish Kroner
1
15.75
15.81
Danish Kroner
1
23.67
23.77
Hong Kong Dollar
1
19.46
19.53
Kuwaity Dinar
1
497.60
499.56
Bahrain Dinar
1
404.72
406.31
Omani Rial
1
396.33
397.89