April 26, 2025

काठमाडौँ  महानगर प्रहरी बलका प्रमुखको निलम्बन गर्न माग

April 10, 2025
Screenshot
- ADVERTISEMENT -

काठमाडौँ । गत चैत्र २१ गते प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईँलाई कार्यालय छिर्न नदिन महानगर प्रहरी बलका प्रमुख राजु पाण्डे नेतृत्वका प्रहरीले गरेको अनुशासनहीन व्यवहारका बारेमा सत्य तथ्य पत्ता लगाई दोषीलाई हदैसम्मको कारबाही गर्न माग गरिएको छ ।

बिहीबार काठमाडौँ महानगरमा कार्यरत कर्मचारी तथा पेसागत संगठनले नगर कार्यपालिकासमक्ष उक्त मागसहित ११ बुँदे माग राखेका हुन् ।

सङ्गठनहरूले तीन दिनभित्र अधिकार सम्पन्न छानबिन समिति गठन गरी जिम्मेवारी दिन आह्वान गरेका छन् । साथै महानगर प्रहरी बलका प्रमुखलाई महानगर प्रहरी ऐन अनुसार तत्काल निलम्बनमा राखी छानबिन कार्यलाई सहज बनाउन माग गरेका छन् ।

‘उक्त दिन आचरण विपरीतको कार्यमा उत्रने महानगर प्रहरी बलका प्रमुखलाई महानगर प्रहरी ऐन अनुसार तत्काल निलम्बनमा राखी छानबिन कार्यलाई सहज बनाइयोस् ।’ माग पत्रमा उल्लेख छ ।

- ADVERTISEMENT -