April 19, 2025

देशमै उत्कृष्ट बन्यो चितवनको उद्योग वाणिज्य संघ

April 11, 2025
- ADVERTISEMENT -

चितवन । उद्योगी व्यवसायीहरुको छाता संस्था उद्योग वाणिज्य संघ चितवन देशमै उत्कृष्ट संघ हुन सफल भएको छ । 

नेपाल उद्योग वाणिज्य महासंघको ५९ औँ वार्षिक साधारण सभामा ‘क’ वर्गका उद्योग वाणिज्य संघहरु मध्य उद्योग वाणिज्य संघ चितवनले उत्कृष्ट संघको सम्मान प्राप्त गरेको हो । 

कार्यक्रमका प्रमुख अतिथि प्रधानमन्त्री केपी शर्मा ओलीले संघ चितवनका अध्यक्ष सुमनकुमार श्रेष्ठलाई सम्मानपत्र र मायाको चिनो प्रदान गर्नुभयो ।

उद्योग वाणिज्य संघ चितवन औद्योगिक तथा व्यवसायिक विकासमा, चितवन जिल्लाको सामाजिक आर्थिक विकास, राजश्व सम्बन्धी नीति नियममा गरेको वकालत, चितवनको कृषि, शिक्षा, स्वास्थ्य, पर्यटन र सूचना प्रविधिको विकासमा खेलेको भूमिका, सचिवालय, संघका सदस्यहरु लगायत विभिन्न विधाहरुको मूल्याङ्कन गर्दा ‘क’ वर्गका उद्योग वाणिज्य संघहरु मध्य उत्कृष्ट हुन सफल भएको हो । 

उद्योग बाणिज्य संघ चितवनमा ४ हजार सदस्य रहेका छन ।

- ADVERTISEMENT -