२०८३ असार ११, बिहीबार
June 25, 2026
२०८३ असार ११, बिहीबार
June 25, 2026 Thursday
- ADVERTISEMENT -

‘आरोग्य पर्यटनः नेपालको समृद्धिको आधार’ अवधारणापत्र सार्वजनिक

प्रकाशित मिति : २०८२ बैशाख ७ गते

चितवन / भरतपुरमा ‘आरोग्य पर्यटनः देशको समृद्धिको आधार’ अवधारणापत्र शनिबार सार्वजनिक गरिएको छ ।

जीवन विज्ञान, आरोग्य अध्ययन केन्द्रको संयोजनमा भएको कार्यक्रममा पूर्वमुख्य सचिव डा. वैकुण्ठ अर्यालले अवधारणापत्र प्रस्तुत गरेका हुन् । अवधारणापत्रमा देशको आर्थिक समृद्धिको आधार आरोग्य पर्यटनलाई बनाउन सकिने विभिन्न आधारहरू अगाडि सारिएको छ ।

- ADVERTISEMENT -

Advertisement

यस अवधारणाले प्रस्तुत गरेको मार्गचित्र अनुसार राज्यले कार्ययोजना बनाएर कार्यान्वयन गर्ने हो भने यस दशकभित्रमा ५० लाख पर्यटक वार्षिक रूपमा देश भित्रने छन् भने १० लाख बढीले रोजगारी प्राप्त गर्ने दावी गरिएको छ ।

समारोहमा गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले गण्डकी सरकारले आरोग्य पर्यटनको विकासका लागि कार्य सुरु गरेको बताउँदै त्यसमा सबैलाई सहकार्य गर्न आग्रह गरे ।

- ADVERTISEMENT -

Advertisement

भरतपुर महानगरपालिकाकी नगरप्रमुख रेनु दाहालले आरोग्य पर्यटनको हव चितवनलाई बनाउन सकिने बताउँदै त्यसका लागि प्रस्तुत अवधारणापत्रले थप ऊर्जा मिलेको बताइन् ।

जीवन विज्ञानले अगाडि सारेको आरोग्य पर्यटनको अवधारणामा सहकार्य गर्न भरतपुर महानगरपालिका तयार रहेको उनको भनाइ थियो ।

कार्यक्रममा भानु गुरुदेवले चितवन देशको पर्यटनको मूलाधार रहेको बताउँदै यहाँबाट आरोग्य पर्यटनको विकास देशभर पु¥याउन सकिने बताए । देशको विकासका लागि आरोग्य पर्यटनको विकल्प नभएको बताउँदै यसका लागि जीवन विज्ञान सधै राज्यको सहयोगी भूमिकामा रहने उनले भने ।

मानिसले खोजेको सुख, शान्ति र समृद्धि अध्यात्मले दिने बताउँदै आरोग्य पर्यटनभित्र अध्यात्म पनि समाहित भएकाले देश विकास र समृद्धिका लागि यो अपरिहार्य रहेको रमेश गुरुदेवले बताए ।

उद्योग संघ चितवनको सभाहलमा भएको अवधारणापत्र सार्वजनिक कार्यक्रममा विभिन्न क्षेत्रका व्यक्तित्वहरूको उल्लेख्य उपस्थिति थियो ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
151.28
151.88
European Euro
1
172.39
173.07
UK Pound Sterling
1
199.94
200.73
Swiss Franc
1
186.85
187.59
Australian Dollar
1
105.03
105.45
Canadian Dollar
1
106.64
107.07
Singapore Dollar
1
116.76
117.23
Japanese Yen
10
9.37
9.40
Chinese Yuan
1
22.30
22.39
Saudi Arabian Riyal
1
40.30
40.46
Qatari Riyal
1
41.50
41.67
Thai Baht
1
4.56
4.58
UAE Dirham
1
41.19
41.35
Malaysian Ringgit
1
36.54
36.68
South Korean Won
100
9.85
9.88
Swedish Kroner
1
15.60
15.66
Danish Kroner
1
23.06
23.15
Hong Kong Dollar
1
19.30
19.37
Kuwaity Dinar
1
491.73
493.68
Bahrain Dinar
1
401.28
402.87
Omani Rial
1
392.95
394.51