२०८२ जेष्ठ ३, शुक्रबार
May 16, 2025
२०८२ जेष्ठ ३, शुक्रबार
May 16, 2025 Friday

शैक्षिक आमहडताल चर्किदैँ, संस्थागत विद्यालय पनि बन्द गर्न आग्रह

प्रकाशित मिति : २०८२ बैशाख ७ गते
file photo.
- ADVERTISEMENT -

काठमाडौं / नेपाल शिक्षक महासङ्घले हाल भइरहेको शैक्षिक आन्दोलनलाई निर्णायक बनाउने उद्देश्यले देशभरका सबै विद्यालयहरू बन्द गर्न आग्रह गरेको छ ।

महासङ्घले एक प्रेस विज्ञप्ति जारी गर्दै आन्दोलन उत्कर्षमा पुगेको बताउँदै, सबै शिक्षक, विद्यालय कर्मचारी र सरोकारवालाहरूलाई काठमाडौँ केन्द्रित आन्दोलनमा सहभागी हुन आह्वान गरेको छ ।

विज्ञप्तिमा भनिएको छ, ‘शैक्षिक आमहडताल सफल पार्न संस्थागत विद्यालयहरू समेत पूर्ण रूपमा बन्द गरी साथ दिन अनुरोध गर्दछौं ।’

महासङ्घले विगतका सहमति कार्यान्वयन, गुणस्तरीय शिक्षा र शिक्षक–विद्यार्थी मैत्री विद्यालय शिक्षा ऐन तुरुन्त जारी गराउन राज्यलाई दबाव दिनुपर्ने आवश्यकता औँल्याएको छ । त्यसैले आन्दोलनको यस निर्णायक चरणमा शिक्षक र विद्यालय कर्मचारीहरूको सक्रिय उपस्थितिलाई अत्यावश्यक बताइएको छ ।

आन्दोलन जारी रहँदासम्म विद्यालय सञ्चालन नगर्न, प्रवेश परीक्षा, ग्रेड वृद्धि परीक्षा, उत्तरपुस्तिका परीक्षण, गोष्ठी, सेमिनार, शैक्षिक भ्रमण लगायतका कार्यक्रमहरूमा सहभागी नहुन पनि महासङ्घले सबैलाई आग्रह गरेको छ । आउँदै गरेको कक्षा १२ को परीक्षामा समेत संलग्न नहुन महासङ्घले अनुरोध गरेको छ ।

- ADVERTISEMENT -