२०८२ जेष्ठ ३, शुक्रबार
May 16, 2025
२०८२ जेष्ठ ३, शुक्रबार
May 16, 2025 Friday

शहीदचोकमा खुल्यो ‘नूर स्पा’

एक घण्टाको एक हजार
प्रकाशित मिति : २०८२ बैशाख ११ गते
- ADVERTISEMENT -

चितवन / नारायणगढको शहीदचोकमा अहिलेको व्यस्त र प्रतिस्पर्धात्मक जीवनशैलीलाई मध्यनजर गर्दै ‘नूर स्पा’ संचालनमा ल्याइएको छ । स्पा (मसाज) क्षेत्रमा चार वर्षको अनुभव बटुलेकी लीला वलीले बुधबारदेखि ‘नूर स्पा’ सुरु गरेकी हुन् ।

उनका अनुसार हाल हेड मसाज, फूट मसाज, बडी मसाजलाई प्राथमिकता दिइएको छ । बिहान १० बजेदेखि बेलुका ८ बजेसम्म सेवा दिइने छ भने प्रत्येक कोठा (पाँच) मा एसी जडान गरिएको छ ।

सुरुवाती चरण भएकाले तीन जना स्टाफबाट सेवा दिइने उनले बताइन् । स्पामा हाल वेलक्रिमबाट फूल बडी मसाजको सेवा उपलब्ध गराइएको छ भने एक घण्टाको १ हजार शुल्क लाग्ने उनले बताइन् ।

उनले ग्राहकको माग अनुसार हनी मसाज, स्क्रव मसाज, कफी मसाज पनि दिन सकिने छ भने केही खर्चिलो हुने बताइन् । दिनभरि कामको थकान, मानसिक तनाव, नसा च्यापिएकोलगायत सबै किसिमको मसाज गरिने उनले भनिन् ।

स्पा एक प्रकारको थेरापी हो, जसले शरीर, मन, विचार, भाव हुँदै आत्मासम्मलाई परिशुद्ध पारी पूर्ण आनन्द दिन्छ । यसले शरीरमा सकारात्मक उर्जा उत्पन्न गर्छ र तनाव तत्काल कम गरिदिन्छ । स्पा यस्तो ‘डिप क्लिजिङ’ पनि हो, जसले शरीरका टक्सिनहरु निकालेर प्रतिरोध क्षमता बढाइदिन्छ र रक्त सञ्चारलाइ स्फुर्त राख्छ ।

स्पाले एकसाथ शरीरका पाँचै इन्द्रीयलाई आराम र आनन्द प्रदान गर्छ । स्पाले मनलाई चंगा बनाउँछ र तनाव हटाउँछ भने शरीरका सबै अवयवलाई एकसाथ आराम र आनन्दित तुल्याउँछ ।

- ADVERTISEMENT -