२०८२ जेष्ठ २, बिहीबार
May 15, 2025
२०८२ जेष्ठ २, बिहीबार
May 15, 2025 Thursday

आजदेखि बजेट अधिवेशन सुरु, प्रधानमन्त्रीले संसद्‌मा सम्बोधन गर्ने

प्रकाशित मिति : २०८२ बैशाख १२ गते
Photo : Google
- ADVERTISEMENT -

काठमाडौं / संघीय संसद्को दुबै सदनको अधिवेशन आज (शुक्रबार) देखि प्रारम्भ हुँदैछ । मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलद्वारा आह्वान गरिएको अधिवेशन अन्तर्गत पहिलो बैठक आज दिउँसो १ बजे नयाँबानेश्वरस्थित संसद भवनमा बस्न गइरहेको छ ।

अधिवेशनको पहिलो दिन विशेष हुने अपेक्षा गरिएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभालाई सम्बोधन गर्ने कार्यक्रम तय भएको छ भने, विभिन्न राजनीतिक दलका शीर्ष नेताहरूले पनि प्रारम्भिक सम्बोधनमार्फत अधिवेशनको सुरुवात गर्ने तयारी गरेका छन् ।

सभामुख देवराज घिमिरेले राष्ट्रपति कार्यालयबाट प्राप्त अधिवेशन आह्वानसम्बन्धी पत्र, प्रधानमन्त्रीको कार्यभार तथा मन्त्रिपरिषद गठनसम्बन्धी जानकारी संसदमा प्रस्तुत गर्ने छन् । साथै, प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयबाट प्राप्त थप कार्यभारसम्बन्धी पत्रको व्यहोरा पनि पढेर सुनाइनेछ ।

प्रतिनिधिसभा नियमावली, २०७९ को नियम १० बमोजिम सभामुखले बैठकको अध्यक्षता गर्नका लागि सांसद सदस्यहरूको मनोनयन गर्ने कार्यसूचीसमेत रहेको छ ।

यही अधिवेशनमा उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले ‘वैकल्पिक विकास वित्त परिचालन विधेयक, २०८१’ संसदमा प्रस्तुत गर्न अनुमति माग्ने प्रस्ताव पनि पेस गर्नेछन् । यसअघि संसद्को हिउँदे अधिवेशन गत चैत १८ गते औपचारिक रूपमा अन्त्य भएको थियो ।

- ADVERTISEMENT -