२०८३ भाद्र २२, सोमबार
September 7, 2026
२०८३ भाद्र २२, सोमबार
September 7, 2026 Monday
- ADVERTISEMENT -
- ADVERTISEMENT -

आजदेखि बजेट अधिवेशन सुरु, प्रधानमन्त्रीले संसद्‌मा सम्बोधन गर्ने

प्रकाशित मिति : २०८२ बैशाख १२ गते
Photo : Google

काठमाडौं / संघीय संसद्को दुबै सदनको अधिवेशन आज (शुक्रबार) देखि प्रारम्भ हुँदैछ । मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलद्वारा आह्वान गरिएको अधिवेशन अन्तर्गत पहिलो बैठक आज दिउँसो १ बजे नयाँबानेश्वरस्थित संसद भवनमा बस्न गइरहेको छ ।

अधिवेशनको पहिलो दिन विशेष हुने अपेक्षा गरिएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभालाई सम्बोधन गर्ने कार्यक्रम तय भएको छ भने, विभिन्न राजनीतिक दलका शीर्ष नेताहरूले पनि प्रारम्भिक सम्बोधनमार्फत अधिवेशनको सुरुवात गर्ने तयारी गरेका छन् ।

- ADVERTISEMENT -

Advertisement

सभामुख देवराज घिमिरेले राष्ट्रपति कार्यालयबाट प्राप्त अधिवेशन आह्वानसम्बन्धी पत्र, प्रधानमन्त्रीको कार्यभार तथा मन्त्रिपरिषद गठनसम्बन्धी जानकारी संसदमा प्रस्तुत गर्ने छन् । साथै, प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयबाट प्राप्त थप कार्यभारसम्बन्धी पत्रको व्यहोरा पनि पढेर सुनाइनेछ ।

प्रतिनिधिसभा नियमावली, २०७९ को नियम १० बमोजिम सभामुखले बैठकको अध्यक्षता गर्नका लागि सांसद सदस्यहरूको मनोनयन गर्ने कार्यसूचीसमेत रहेको छ ।

यही अधिवेशनमा उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले ‘वैकल्पिक विकास वित्त परिचालन विधेयक, २०८१’ संसदमा प्रस्तुत गर्न अनुमति माग्ने प्रस्ताव पनि पेस गर्नेछन् । यसअघि संसद्को हिउँदे अधिवेशन गत चैत १८ गते औपचारिक रूपमा अन्त्य भएको थियो ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
150.88
151.48
European Euro
1
175.22
175.92
UK Pound Sterling
1
204.03
204.84
Swiss Franc
1
186.35
187.09
Australian Dollar
1
108.67
109.10
Canadian Dollar
1
109.02
109.45
Singapore Dollar
1
119.10
119.57
Japanese Yen
10
9.66
9.70
Chinese Yuan
1
22.48
22.57
Saudi Arabian Riyal
1
40.18
40.34
Qatari Riyal
1
41.39
41.56
Thai Baht
1
4.58
4.60
UAE Dirham
1
41.08
41.24
Malaysian Ringgit
1
37.30
37.45
South Korean Won
100
11.22
11.27
Swedish Kroner
1
15.75
15.81
Danish Kroner
1
23.44
23.54
Hong Kong Dollar
1
19.24
19.32
Kuwaity Dinar
1
491.47
493.42
Bahrain Dinar
1
400.19
401.78
Omani Rial
1
391.89
393.45