२०८३ भाद्र ३०, मंगलवार
September 15, 2026
२०८३ भाद्र ३०, मंगलवार
September 15, 2026 Tuesday
- ADVERTISEMENT -
- ADVERTISEMENT -

सार्वजनिक मञ्चबाटै प्रधानमन्त्री ओलीले सरकार ढल्न लागेको संकेत गरेपछि …

प्रकाशित मिति : २०८२ बैशाख १२ गते
file photo.

काठमाडौं / प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीले कांग्रेससँगको चिसिंदो सम्बन्धका कारण सरकार संकटमा पर्ने संकेत दिएका छन् । विगतमा बारम्बार पाँच वर्ष सरकार चल्ने दाबी गर्दै आएका ओलीले लोकतन्त्र दिवसको अवसरमा आयोजित कार्यक्रममा सरकारको भविष्यप्रति स्पष्ट अडान नलिएर नयाँ बहसको सुरुवात गरेका हुन् ।

भृकुटीमण्डपमा एमालेले आयोजना गरेको कार्यक्रममा उनले विदेशी शक्तिका दलाल तत्वहरूले एमालेविरुद्ध भ्रम फैलाइरहेको आरोप लगाए । उनले सरकार दिनदिनै ढल्ने चर्चा हुनुमा राष्ट्रियताको पक्षमा एमालेले लिएको स्पष्ट अडानलाई कारण देखाए । उनले भने, ‘हामीले राष्ट्रियताको पक्षमा बोल्यौं, त्यसैले डराएका शक्ति हामीमाथि आक्रोशित छन् ।’

- ADVERTISEMENT -

Advertisement

पछिल्लो समय कांग्रेस र माओवादी नेताहरूबाट आएका अभिव्यक्तिहरूले ओलीप्रति अविश्वास झनै चुलिएको देखिन्छ । माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कांग्रेस सभापति शेरबहादुर देउवाले विदेश जानुअघि नयाँ सरकारबारे कुरा गरेको खुलासा गरेका छन् । कांग्रेस महामन्त्री गगन थापा र विश्वप्रकाश शर्मा जस्ता नेताहरूले समेत सरकारको कार्यशैलीप्रति सार्वजनिक असन्तुष्टि जनाइरहेका छन् ।

नेपाल राष्ट्र बैंकमा गभर्नर नियुक्तिको विषयलाई लिएर पनि गठबन्धनमा दरार देखिएको छ । कांग्रेसको भागमा परेको गभर्नर पदमा ओलीले नियुक्ति रोकेको भन्दै असन्तुष्टि बढेको छ । देउवाले प्रस्ताव गरेका गुणाकर भट्टको राजीनामा कार्यबाहक गभर्नर नीलम ढुंगानाले स्वीकृत नगरेको र यसमा ओलीको प्रभाव देखिएको कांग्रेस नेताहरूको भनाइ छ ।

यसैबीच सामुदायिक विद्यालयका शिक्षकहरूको आन्दोलनप्रति सरकार उदासीन देखिएको भन्दै कांग्रेस आक्रोशित बनेको छ । ऊर्जा राज्यमन्त्री पूर्णबहादुर तामाङलाई ओलीले अचानक बर्खास्त गर्नुले पनि कांग्रेस असन्तुष्ट भएको बताइएको छ ।

ओलीले यसपटक सरकारको आयुबारे अघिल्ला कार्यक्रममा जस्तो दाबी नगरेका कारण सत्ता गठबन्धनमा दरार थप बलियो हुँदै गएको संकेत देखिन्छ । उनले कार्यकर्तालाई सरकारभन्दा चुनावतर्फ ध्यान दिन निर्देशन दिँदै भने, ‘अब सरकारको चिन्ता होइन, चुनावको तयारी गर्नुहोस् । हामीले मिसन ८४ भनेका छौं, त्यसमा लागौं ।’

ओलीले कांग्रेसले साथ छोडे सरकार जोगाउन सबै किसिमको प्रयास गर्ने संकेत समेत गरेका छन् । ‘सरकार चलाउन, नेतृत्व गर्न जे गर्नुपर्छ संसद्को बनावट अनुसार एमालेले सकेसम्मका प्रयास गर्नेछ । यस कुरामा चिन्ता नगर्नुस,’ उनले भने ।

पछिल्लो समय सरकारको कामलाई लिएर थापाका साथै कांग्रेसका अर्का महामन्त्री विश्वप्रकाश शर्मा लगायत धेरै नेताले सार्वजनिक मञ्चबाट नै असन्तुष्टि जनाउँदै आएका छन् । सत्तारुढ कांग्रेसका जिम्मेवार नेताहरुले गरिरहेको आलोचनालाई ओलीले पनि सहजरुपमा लिएका छैनन् । स्थायित्वको लागि भन्दै नेपाली कांग्रेस र नेकपा एमालेले मिलेर बनाएको सरकार नौ महिनामै संकटमा देखिएको छ ।

सत्ता साझेदार कांग्रेसभित्र अब ओली नेतृत्वमा सरकार टिकाउने कि हटाउने भन्ने विषयमा गम्भीर छलफलको तयारी भइरहेको छ । देउवाको विदेश यात्राबाट फर्किएपछि सरकारको भविष्यबारे निर्णय गर्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्ने तयारीमा रहेको स्रोतहरूले जनाएका छन् । -मकालुखबरबाट ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
152.59
153.19
European Euro
1
176.09
176.78
UK Pound Sterling
1
205.74
206.55
Swiss Franc
1
186.80
187.54
Australian Dollar
1
108.74
109.16
Canadian Dollar
1
109.81
110.24
Singapore Dollar
1
120.05
120.52
Japanese Yen
10
9.86
9.90
Chinese Yuan
1
22.75
22.83
Saudi Arabian Riyal
1
40.63
40.79
Qatari Riyal
1
41.86
42.02
Thai Baht
1
4.59
4.60
UAE Dirham
1
41.55
41.71
Malaysian Ringgit
1
37.44
37.58
South Korean Won
100
11.35
11.39
Swedish Kroner
1
15.61
15.67
Danish Kroner
1
23.55
23.65
Hong Kong Dollar
1
19.45
19.53
Kuwaity Dinar
1
497.20
499.15
Bahrain Dinar
1
404.77
406.37
Omani Rial
1
396.33
397.89