२०८३ भाद्र २७, शनिबार
September 12, 2026
२०८३ भाद्र २७, शनिबार
September 12, 2026 Saturday
- ADVERTISEMENT -
- ADVERTISEMENT -

भरतपुरमा १३९ विपन्नको घर बनाउँदै महानगर

प्रकाशित मिति : २०८२ बैशाख १२ गते

चितवन / भरतपुर महानगरपालिकाले विपन्नहरुका लागि घर बनाउने तयारी थालेको छ । जस अन्तर्गत घर बनाउनका लागि १३९ जना लाभग्राही छनोट गरिएको छ ।

महानगरपालिका प्रमुख रेनु दाहालका अनुुसार सुरक्षित घर बनाउन नसकेका महानगरवासीहरुको घर महानगरपालिकाले बनाईदिन लागेको हो । महानगरको कार्यपालिका बैठकबाट गत मंसिर १३ गते निर्णय गरी स्थानीय राजपत्रमा प्रकाशित गरेर कार्यक्रम सुरु गरिएको हो ।

- ADVERTISEMENT -

Advertisement

यस आर्थिक वर्षमा रु १ करोड रकम बिनियोजन गरिएको छ भने एउटा घर वनाउन रु ५ लाख हाराहारी खर्च हुने अनुमान गरिएको उनले बताइन् । छनोटमा परेका लाभग्राहीको प्राथमिकताका आधारमा क्रमश घर बनाउँदै लगिने उलेले भनिन् ।

यस कार्यक्रम अन्तर्गत महानगर भित्र रहेका विपन्न नागरीकको संरक्षण, उत्थान, शशक्तिकरण र बिकासका लागि विपन्न परिवारको सुरक्षीत आवास निर्माण र हस्तान्तरण गर्ने गरी कार्यक्रम कार्यान्वयनमा ल्याउन लागिएको हो । महानगरपालिकाले भरतपुर महानगर मेयर विपन्न आबास कार्याक्रम कार्यबिधि वनाएर कार्यन्वयनमा ल्याउन लागिएको कार्यक्रमका सदस्य सचिव ई. साकार लामाले जानकारी दिए ।

लामाका अनुसार कार्यक्रम अन्तर्गत लाभग्राही छनोट गरी सकिएको छ । यसका लागि वडा कार्यालयहरुबाट लाभग्राहीको लगत संकलन गरी स्थलगत अनुगमनको काम समेत सकिएको छ ।

उनले भने, “लाभग्राहीको आवेदन फर्म ५ सय भन्दा बढीको परेको थियो । स्थलगत अनुगमन पछि १३९ जना लाभग्राही छनोट भएका छन् ।” कार्यविधि अनुसार ९ वटा सूचक भित्र परेका उनीहरुको आवास निर्माण गरिने छ । यस कार्यक्रम अन्तर्गत घरमा दुईवटा कोठा र शौचालय रहने छन् ।

घर टिनले छाइने छ । सेतो पूर्जा भएका, जग्गा धनि प्रमार्ण पूर्जा पाउन सक्ने, वडाले विवादरहित ऐलेनी जग्गा भनि सिफारीस गरेको, वन, ताल, नदी र नहरको जग्गा अतिक्रमण नगरेका लाभग्राहीलाई कार्यक्रममा समावेश गरिएको छ । एक घर एक परिवार अन्तर्गत आवास निर्माण गरिने उनले बताए । उनले थपे, “अनुगमनका क्रममा पिल्लर उठाएर घर बनाएका, टिनको छानो भएका घरहरु कार्यक्रममा पर्दैनन् ।” महानगरपालिकाले आफ्नै कानुन बनाएर कार्यक्रम सुरु गरेको उनले बताए ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
152.59
153.19
European Euro
1
176.96
177.65
UK Pound Sterling
1
206.18
206.99
Swiss Franc
1
187.34
188.08
Australian Dollar
1
109.41
109.84
Canadian Dollar
1
110.19
110.62
Singapore Dollar
1
120.35
120.83
Japanese Yen
10
9.90
9.94
Chinese Yuan
1
22.75
22.84
Saudi Arabian Riyal
1
40.63
40.79
Qatari Riyal
1
41.86
42.02
Thai Baht
1
4.62
4.64
UAE Dirham
1
41.55
41.71
Malaysian Ringgit
1
37.49
37.63
South Korean Won
100
11.37
11.41
Swedish Kroner
1
15.75
15.81
Danish Kroner
1
23.67
23.77
Hong Kong Dollar
1
19.46
19.53
Kuwaity Dinar
1
497.60
499.56
Bahrain Dinar
1
404.72
406.31
Omani Rial
1
396.33
397.89