काठमाडौं / नेपाली कांग्रेस महामन्त्री गगन कुमार थापाविरुद्ध अदालत अवहेलना मुद्दा दायर भएको छ ।
संवैधानिक निकायका पदाधिकारीहरूको नियुक्ति विवादमा सर्वोच्च अदालतले डिल गरेको अभिव्यक्ति दिएपछि थापाविरुद्ध अवहेलना मुद्दा दायर भएको हो ।
थापाको अभिव्यक्तिले अदालतको अवहेलना गरेको भन्दै अधिवक्ता विशाल थापालगायतले आज (आइतबार) अदालतमा अवहेलना मुद्दा दायर गरेका हुन् ।